राजनीतिक गतिरोधको वाधक माओवादी लडाकु रहेको राप्रपा अध्यक्षको दाबी

विराटनगर , जेष्ठ ३० – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिसमशेर राणाले अहिलेको राजनीतिक गतिरोधको वाधक माओवादी लडाकु रहेको वताएका छन् ।

सहमती हुने धेरै वाटाहरु रहेको उल्लेख गर्दै अध्यक्ष राणाले माओवादी लडाकुहरुको समायोजन नभए सम्म देशले निकास नपाउने दाबी गरे ।

आइतबारदेखि विराटनगरमा शुरु हुने राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीका पूर्वाञ्चल स्तरीय संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्न विराटनगर आएका अध्यक्ष राणाले कुनै पार्टीले निजि सेना राख्ने र त्यसको तलब सरकारले बुझाउने कुनैपनि हालतमा क्षम्य नहुने तर्क राखे । 

तिन दलबीच सहमति भएको दुइ साता बितिसक्दा पनि समस्या ज्यूँका त्यूँ भएकाले तन्काइएको संविधान सभाको समयाबधि भित्र पनि संविधान बन्ने छाँट नदेखिएको राणाले बताए । आफ्नै मात्र स्वार्थलाई दलका नेताहरुले हेरेका कारण अहिलेकेा दुर्गति आएको अध्यक्ष राणाको भनाइ थियो ।

तिन दललाई विदेशी या अन्य कुनै शक्तिले मिल्न नदिएको नभइ आफ्नै मुख्र्याइर्ं, स्वार्थ र अलमलले मिल्न नदिएको अध्यक्ष राणाको तर्क छ । जनताले दुइ वर्ष भित्र संविधान लेख्न दिएको जनादेशलाई ठूला तिन दलले

लत्याएको अध्यक्ष राणाको आरोप छ । यस्तै लुछातानी हो भने थप गरीएको एक वर्ष भित्र संविधान नवन्ने राणाको भनाइ थियो । यदी यस्तै हो भने जनताले यीनीहरुलाई जगन्य अपराधिका रुपमा हर्ने अवस्था चाडै आउने राणाको भनाइ थियो । तिन दलको हैकम विरुद्ध साना दलहरुले एक भएर विरोध गर्ने राणाको भनाइ थियो ।

हामीहरु विकल्प छैन भन्दै उनीहरुले जे गर्छन त्यसलाई साथ दिइ रहेका छौ । अव त ठूला दलहरुको नाङगो नाच वढि भइ सकेको छ अव चुप लागेर वस्दैनौं राणाले भनेे । त्यसका लागि साना १२ दल संग कुरा भइ रहेको र अव वाँकी दलहरु संग पनि कुरा गर्ने खुलासा राणाले गरे ।