एलन मस्कको निजी जहाज ट्रयाक गर्ने व्यक्तिको ट्वीटर अकाउन्ट बन्द

WhatsApp_Image_2022-11-17_at_5.40.17_PM.jpeg

-एजेन्सी

काठमाडौं । टेस्ला तथा स्पेसएक्सका मालिक एलन मस्कको निजी जहाज ट्रयाक गर्दै पाेस्ट गर्ने व्यक्तिको ट्वीटर अकाउन्ट बन्द भएको छ । ‘एलन जेट’ (@elonjet ) नामको अकाउन्टले ट्वीटरको नीति उल्लङ्घन गरेको भन्दै कम्पनीले बुधबार सो अकाउन्ट सस्पेन्ड गरेको हो । मस्कको प्राइभेट जेट ट्रयाक गर्दै पोस्ट गर्ने ज्याक स्वेनीले नै अकाउन्ट बन्द भएको जानकारी दिएका हुन् ।

यसबारे जानकारी दिन उनले अर्को अकाउन्टबाट फोटो अपलोड गरेका थिए । ट्वीटरले ज्याक स्वेनीको निजी अकाउन्टमाथि पनि प्रतिबन्ध लगाएको छ । उनले मस्कको मात्र नभई अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प, फेसबुकका मालिक मार्क जुकरबर्ग लगायत अन्य चर्चित व्यक्तिको जहाज ट्र्याक गर्दै त्यसको जानकारी उपलब्ध गराउन भिन्नाभिन्नै ३० ओटा अकाउन्ट प्रयोग गर्दै आएका थिए ।

ट्वीटरले ज्याक स्वेनीले प्रयोग गर्नै सबै अकाउन्ट सस्पेन्ड गरेको छ । नोभेम्बरमा १ मा ट्वीट गर्दै मस्कले वाक स्वतन्त्रतालाई बढवा दिने भन्दै ज्याक स्वेनीका अकाउन्ट सस्पेन्ड नगर्ने जानकारी दिएका थिए । तर, उक्त ट्वीट गरिएको एक महिना नबित्दै स्वेनीका अकाउन्ट बन्द भएकाे छ ।

Nepal Life Insurance

यसअघि मस्कले ‘एलन जेट’ अकाउन्ट बन्द गरे ज्याक स्वेनीलाई पाँच हजार डलर दिने घाेषणा गरेका थिए । तर, ती स्वेनीले ५० हजार डलर पाएको खण्डमा मात्र अकाउन्ट बन्द गर्ने जवाफ फर्काए ।

”यो अकाउन्टमा जेट ट्रयाक गरेर डेटा राख्न मैले धेरै काम गरेको छु,” स्वेनीले भनेका थिए, ”पैसा पाउनुभन्दा पनि यसैमा काम गर्न रमाइलो लागिरहेको छ ।”

पछिल्लो समय मस्कले आफूलाई वाक स्वतन्त्रता वा फ्रिडम अफ स्पिचको पक्षमा उभाएको दाबी गरेपनि उनीविरुद्ध बोल्ने प्रायःको अकाउन्ट सस्पेन्ड भएको छ ।

Nepal Life Insurance

‘एलन जेट’ नामको यो ट्वीटर अकाउन्ट पनि वाक स्वन्त्रताभित्र रहेको भन्दै मस्कले बदला लिन अकाउन्ट सस्पेन्ड गरेको विश्लेषण गरिएकाे छ ।