नेपाली कांग्रेस संसदीय दलको चुनाव बुधबार हुने

 

WhatsApp_Image_2022-11-17_at_5.40.17_PM.jpeg

 

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको चुनाव बुधबार हुने भएको छ। पार्टीले गठन गरेको निर्वाचन समितिले बुधबार दलको चुनाव गर्ने निर्णय गरेको हो। आइतबार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको निर्वाचन गर्न तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो।

Nepal Life Insurance

समितिमा सहमहामन्त्री भिष्मराज आङदेम्बे संयोजक र केन्द्रीय सदस्यहरू पुष्पा भुसाल र प्रकाश रसाईली स्नेही सदस्य छन्। काँग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, केन्द्रीय सदस्य डाक्टर शेखर कोइराला, महामन्त्री गगन कुमार थापा छन्।

Nepal Life Insurance

नेपाली काँग्रेसले मङ्सिर ०४ गतेको चुनावबाट प्रत्यक्ष तर्फ ५७ तथा समानुपातिक तर्फ ३२ सिट जित्दै ८९ सांसदलाई संसदमा पठाउन सफल भएको छ। यी नै ८९ सांसदले संसदीय दलको नेता चयन गर्नेछन्। नेपाली काँग्रेसमा संसदीय दलको नेताले नै सरकारको नेतृत्व गर्ने परम्परा छ।