डा. बिष्णु फीलीप परियार र  मेरी जुविचुको जोडीले आफ्नो बाल्यकाल सम्झदै ,अर्घाखाचीका बिभिन्न स्कुलमा गरे  आर्थिक सहयोग । 

डा. बिष्णु फीलीप परियार र  मेरी जुविचुको जोडीले आफ्नो बाल्यकाल सम्झदै ,अर्घाखाचीका बिभिन्न स्कुलमा गरे  आर्थिक सहयोग ।

 

-बसन्त खड्का ,अर्घाखाची डट्कम।

डा. बिष्णु फीलीप परियार र  मेरी जुविचुको जोडीले आफ्नो बाल्यकाल सम्झदै ,अर्घाखाचीका बिभिन्न स्कुलमा गरे  आर्थिक सहयोग गरेका छन।

अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नम्बर ४ नाङ्गेठाटी काेटफेरा स्थायी घर भै हाल भारतकाे नागाल्याण्डमा कर्मथलाेकाे रुपमा सेवारत डाक्टर बिष्णु फीलीप परियार र उहाँको धर्म पत्नी मेरी जुविचु परियारले बाल्यकालमा आफैंले अध्ययन गरेको बिधालय श्री सरस्वती आधारभुत विद्यालय स.न.पा ४ नाङ्गेठाटीमा रु १००५५५ (एक लाख पाच सय पचपन्न),जीवनाेद्वार माध्यमिक विद्यालय स.न.पा ५ थिर्थथुममा रु १०११११  (एकलाख एकहजार एकसय एघार रुपैयाँ ) जनज्योति माध्यमिक विद्यालय स.न.पा २ मा रु १००००० ( एकलाख रुपैयाँ ) बराबरको दलित तथा विपन्न छात्रवृत्ति अक्षयकोष स्थापना गर्नुभएको छ।

No description available.

मन्तब्यकाे क्रममा डा बिष्णु फीलीप परियारले आफ्नो बाल्यकाल दुख सग बितेको कक्षा ५ मा पढ्दा किताब किन्न नसकेर अरुकाे किताब पढेर परिक्षा दिएकाे भन्दै यस्तो परिस्थिति अहिलेका विद्यार्थीलाई नपराेस भनेर विद्यार्थीहरुलाइ प्राेत्साहन र शिक्षा क्षेत्रमा सहयोग स्वरुप उक्त अक्षयकोष स्थापना गरेकाे बताउनुभयो ।

No description available.

images

उक्त कार्यक्रममा अक्षय दाता डा बिष्णु फीलीप परियार र उहाकाे धर्म पत्नी मेरी जुविचुलाइ विद्यालय व्यवस्थापन समितिका अध्यक्षले माला र खादाद्वारा सम्मान गरिएको थियोे।

No description available.

images

तिनवटै विद्यालयमा कार्यक्रम व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरु,सम्बन्धित वडा अध्यक्ष तथा वडा सदस्यहरु ,समाजसेवी विशिष्ट व्यक्तिहरु शिक्षक तथा विद्यार्थीहरुकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियाे।