अर्घाखाँची सहकारी संस्थाकाे १७ अैां साधारण सभा तथा अधिवेशन सम्पन्न , अध्यक्षमा पुन द्राेण प्रसाद भुसाल सर्बसम्मत निर्वाचित

 

 

1903-x-650_1.jpg

-हिम लेकाली ,पाैष १५ अर्घाखाँची ।

अर्घाखाँची बचत तथा ऋण सहकारी संस्था लि . काे १७ अाै वार्षिक साधारण सभा तथा अधिवेशन सन्धिखर्कमा शुक्रबार सम्पन्न भएको छ ।

No description available.

अधिबेशनमा प्रमुख अतिथि सन्धिखर्क नगरपालिका सहकारी प्रमुख जिवनारायण आचार्य ले सहकारिकाे महत्व बारे प्रकाश पार्दै सहकारिले प्रदान गरेकाे सहुलियतदरकाे ऋण तथा विभिन्न कृयाकलापले उद्यमी तथा पाैरखी हातहरूलाई ठूलाे टेवा पुगेकाे बताउनु भयाे ।

No description available.

उहाँले सहकारिकाे माध्यबाट राष्ट्र तथा जनता समृद्धि काे मार्गमा अघि बड्न सक्ने भएको ले एसलाई राष्ट्रले अझ गम्भिर ढङ्गले नीति बनाएर कार्यान्वयनमा लैजानु पर्ने अहिलेकाे प्रमुख आवस्यकता भएकाे बताउनु भयाे ।सभामा संस्थापक अध्यक्ष तथा सल्लाहकार बालकृष्ण आचार्य , जिल्ला सहकारी संघ अर्घाखाँचीका उपाध्यक्ष जानका बन्जाडे, जिल्ला बचत संघ उपाध्यक्ष पार्वता भूसालले सहकारिलाई स्थानीय तहले सहकारी कार्यविधि अनुसार दिर्घकालिन याेजना बनाएर लैजानु पर्ने बताउँदै एउटै लक्ष र उद्देश्य बाेकेर लागेका अर्घाखाँचीका सहकारिहरूले सहकारी भावना र मर्म अनुसार उत्कृष्ट कामहरू गरेर सहकारी क्षेत्रलाई माथी उठाउन सघाउ पुर्‍याउनु पर्ने बताउनु भयाे ।

No description available.

images

सभामा अध्यक्ष द्राेण प्रसाद भुसाल द्वारा अध्यक्ष काे प्रतिवेदन ,लेखा समिति संयाेजक टामलाल पाण्डे द्वारा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियाे ।

No description available.

images

बार्षिक साधारण सभाकाे अवसरमा संस्थाले प्रत्येक बर्ष जस्तै यस बर्ष पनि see परीक्षामा उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्य का सन्ततीहरूलाई नगद सहित पुरस्कृत गरेकाे छ । पुरस्कृतहुनेहरूमा निजि विद्यालय तर्फ सुस्मिता थापा,र प्रतीक पाेख्रेल सामुदायिक विद्यालय बाट संयाेग पाैडेल र साेनिया घिमिरे रहेका छन् ।

No description available.

images

यसै गरि जेष्ठ सेयर सदस्य जनार्दन खनाल ,चेत बहादुर पाैडेल ,पशुपति ढकाल ,थम्मन बहादुर रिजाल ,कृष्ण प्रसाद खनाल, जगन्नाथ मरासिनि ,राम प्रसाद चुँदाली , तथा पत्रकारिताकाे क्षेत्र बाट संस्थालाई सहयाेग पुर्याउने पत्रकार हिम लेकाली समेतलाई सम्मान गरिएको छ ।

No description available.

साेहि अवसरमा संस्थामा रहि अतुलनिय कार्य गर्ने पूर्व सन्चालक समितिका महानुभावहरूलाई पनि सम्मान गरेकाे छ यसरी सम्मानित हुनेहरूमा बालकृष्ण आचार्य , बुद्धिराम भुसाल , शालिकराम आचार्य , लिलबहादुर राउत , चुरामणि भट्टराई , चिरञ्जीवी बस्याल ,बलराम मिश्र , दिलिप केसि ,कमल पन्थी ,कविराम खनाल ,देबि बि .क. , रहनु भएको छ ।

No description available.

Nepal life insurance

अधिवेशन ले पुन दाेश्राे कार्यकाल पनि सर्वसम्मत रूपमा दाेर्ण प्रसाद भुसालकाे अध्यक्षतामा बाबुराम शर्मा उपाध्यक्ष ,बिष्णु प्रसाद बस्याल सचिव , जगन्नाथ भुसाल काेषाध्यक्ष र पुष्पा न्याैपाने ,बिष्णुमाया आचार्य , नेता भुसाल , बिष्णु प्रसाद आचार्य ,कल्पना पाेख्रेल सदस्य रहेकाे नाै सदस्यीय सन्चालक समितिकाे गठन गरेकाे छ भने लेखा समितिकाे संयाेजकमा टामलाल पाण्डे र सदस्यहरूमा वसन्त आचार्य क्षेत्री र सुनिता बेल्बासे रहनु भएको छ ।

No description available.

सल्लाहकार समिति,ऋण उप समिति ,धिताे मुल्यांकन उप समिति ,सूचना सन्चार उप समिति ,महिला विकास उप समिति ,शिक्षा उप समिति ,जस्ता महत्त्वपूर्ण समितिहरू पछि सन्चालक समितिकाे बैठकले पूर्णता दिने बताईएकाे छ।

No description available.

उक्त कार्यक्रमकाे अध्यक्षता दाेर्ण प्रसाद भुसाल सन्चालन सचिव बिष्णु बस्याल र स्वागत उपाध्यक्ष बाबुराम शर्माले गर्नु भएकाे थियाे ।

No description available.

यस संस्थाकाे हाल सम्मकाे शेयर पूँजी ७८ लाख १३ हजार रहेकाे र शेयर सदस्य संख्या ६७९ पुगेकाे संस्थाकाे प्रतिवेदनमा उल्लेख गरिएकाे छ ।