अर्घाखाँची : आफ्नै माटोबाट आर्थिक उन्नतिको बाटो खोज्दै , मालारानी बाम्रुक अर्घाखाँचीका युवा कृषक भुसाल

 

 

-रामु खनाल, मालारानी अर्घाखाँची ।

माटोबाट आर्थिक उन्नतिको बाटो खोज्दै मालारानी ७ का युवा हामी त्यही समाजका मान्छे हौं जहाँ पढेलेखेका मानिसहरुले गोबर सोत्तर, घांस, दाउरा र माटोमा खेल्नु तल्लो स्तरको कार्य मानिन्छ । अल्लि पढेको छोराले राम्रो जागिर खाओस, गाउँ घर छोडी विदेश गइ टन्न पैसा कमाओस भन्ने हाम्रो सामाजिक मान्यताका वावजुद स्वाभिमानका साथ आफ्नै माटोबाट आर्थिक उन्नतिको बाटो खोज्दैछन मालारानी ७ बाम्रुक अर्घाखाँचीका प्रेरणादायी युवा माधव प्रसाद भुसाल ।

No description available.

राजनीति शास्त्रमा स्नातक तह गर्दै गरेका उनि यतिबेला कृषि उत्पादनबाट मनग्ये आम्दानी गरिरहेका छन । परिश्रमका खानी मेहनति र जांगरिला भुसालले “माइ नृसिंह ” नामक कृषि फर्म द्वारा आ.व. २०७८/०७९ देखी मौसमी तथा बेमौसमी तरकारीहरु उत्पादन गर्दै आएका छन् ।

No description available.

माइ नृसिंह फर्मबाट उत्पादित अर्गानिक तरकारीहरु गोभी, आलु, गोलभेंडा, सिमी, प्याज, मुला, गाजर, खुर्सानी लगायतका तरकारीहरु स्थानीय बजार बामरुक, रतनमारे, गोखुङ्गा, बांगीका साथसाथै जिल्लाको सदरमुकाम सन्धीखर्क बजारमा समेत आपूर्ति गरिदै आएको छ । उल्लेखित तरकारीको अलावा माइ नृसिंह फर्मको लोकप्रिय उत्पादन हो च्याउ ।

No description available.

images

अहिले मालारानी ७ अर्घाखाँची र छिमेकी वडामा बसोबास गर्ने प्रत्येक घरधुरीका मानिसहरूले उक्त फर्मबाट उत्पादित कन्य च्याउको स्वादले जिब्रो नपड्काएको सायद विरलै पाइएला ।

No description available.

images

सामाजिक संजालको प्रयोगबाट उत्पादित वस्तुको सामान्य प्रचार प्रसार गर्ने, अर्डर लिने र घरदैलो मै डेलिभरी सेवा दिन भुसाल आफै हतारिन्छन । माधब प्रसाद भुसालद्वारा संचालित माइ नृसिंह फर्मको अर्को आकर्षणको उत्पादन हो केरा ।

No description available.

images

करिव २० रोपनीको क्षेत्रफलमा स्थानीय जातका केराका विरुवाबाट “केरा वगान” निर्माण गरि केराको अर्गानिक फल उत्पादन तथा बिक्रि भइरहेको छ । कम मेहनत थोरै लगानिमा पनि उत्पादन गरि आम्दानी गर्न सकिने यो पेसा अन्य ब्यक्तिहरुको लागी प्रेरणाको स्रोत बनेको छ ।

No description available.

माइ नृसिंह फर्मको केरा बगान जिल्लाकै नमूनाको रूपमा रहेको छ जहाँ कृषि ज्ञान केन्द्र अर्घाखाँची तथा अन्य संस्थाका प्राविधिक टोलिहरु पटक पटक भिजिट गरि अध्ययन अवलोकन समेत गरेका छ्न । छोटो कद, गहुँ गोरो वर्ण, हंंसिलो मुहार भएका भुसाल ब्यावसायबाट पैसामात्र कमाउने उद्देश्य नभई समाजको सेवा र आफ्नै माटोमा श्रम र पसिना संग आर्थिक समृद्धि साट्ने रहेको बताउँछन ।

No description available.

Nepal life insurance

उनि बेरोजगार युवाहरूलाई सिजनल रोजगार समेत दिंदै आएका छन । बुटवल शहरको प्रतिष्ठित टेलिभिजनमा प्राविधिक पदको जागिर त्यागी गाउँ फर्केर सुरुमा पशुपालन व्यवसायबाट व्यवसायको थालनी गरेका उनि वैदेशिक रोजगारको समेत अनुभव बटुलेका छन ।

सरकारबाट कस्तो अपेक्षा राख्नु भयको छ ? भन्ने फरक प्रसङ्गमा सरकारले वास्तविक किसानको पहिचान, कृषि र उत्पादनमा दिगो निति निर्माण गर्ने बाहेक अरु अपेक्षा नरहेको बताए ।

No description available.

कृषिका साथसाथै सामाजिक तथा राजनैतिक विषयमा समेत चासो राख्ने भुसाल विगतका दिनमा चर्को राजनैतिक वहस गर्न रुचाउंथे तर आजकल नेताहरुले राजनिती जस्तो पबित्र बिषयलाइ मागि खाने भांडो जस्तै गरेकाले दिक्क लागेर आएको बताउँछन । यसरि कृषि क्रान्तिबाट नै समृद्ध समाजको सपना बोकेर हिंडेको एउटा पौरखी युवाबाट हामी सबैले प्रेरणा लिइ सोहि अनुसार अघि बढ्नुपर्छ ।

No description available.

सरकारले वास्तविक कृषकहरु पहिचान गरि सोहि अनुसारका प्रोत्साहन कार्यक्रम ल्याउनुपर्छ । वास्तवमा उच्च शिक्षा अध्ययन गरिनु ज्ञान, सीप, धाराणा हासिल गरि जिवनमा सकारात्मक ल्याउनु पनि हो केवल जागिरको लागी मात्र होइन भन्ने कुरा यो समाजले बुझ्न र बुझाउन सक्नुपर्छ ।

क्षणिक वैदेशिक रोजगारको विकल्प नरोजी आफ्नो देशको माटोमा दिगो आय आर्जनका संभावना खोज्नुपर्छ ।

दिगो आय आर्जन र उत्पादनका क्षेत्रहरू संचालन अनि ज्ञान सिपको पुस्ताहन्तरण गर्दै जानुपर्छ ताकि तपाईं हामी जस्तै हाम्रा भाविले जिन्दगीभर विदेशी भुमि मा रगत पसिना बगाउन नपरोस ।

जय युवा !