खाचीकोटका केसी परिवारले गरे जग्गा दान ,बन्ने भयो स्वास्थ्य चौकी ।

 

-केशब घिमिरे खाचीकोट,अर्घाखाची डट्कम।

अर्घाखाँची, ७ माघ । स्वास्थ्य चौकी, वडा कार्यालय लगाएतका भवन बनाउँन सरकारी रकममा जग्गा किन्न पाईदैँन् । वडाभित्रको पायक पर्ने क्षेत्रमा निशुल्क रुपमा जग्गा दान दिएका प्रशस्त उदाहरण पाईन्छन् ।

No description available.

जग्गा अभावकै कारण स्वास्थ्य चौकी बन्न नसक्दा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा न.७ डिहिडाँडा मा स्वास्थ्य चौकीको आफनै पक्की राम्रो भवन छैन ।

 

No description available.

जग्गा नहुँदा भवन बनाउँन समस्या भएको खाँचिकोट स्वास्थ्य चौकीलाई स न पा ७निवासी स्व. पदम केसि को सम्झनामा श्रीमती सीता केसि ले स न पा – ७ फर्जेयाङ्गमा रहेको फुद्बाङ्ग–टोडेयार मोटरबाटो अन्त्रगत घर अगाडी रहेको १ रोपनी जग्गा र फुद्बाङ्ग निवासि धन बहादुर केसि ले सीता केसि को जग्गा सँग सटेको २ रोपनी जग्गा निशुल्क रुपमा दान दिएका छन् ।

No description available.

images

जग्गा उपलब्ध भए सँगै माटो टेष्ट गरि टेन्डर को प्रक्रिया अगाडि बढेको वार्ड अध्यक्ष चुरा बहादुर केसि , खाँचिकोट स्बास्थ्य चौकि का सि.अ.बे.ह. प्रेमचन्द्र बिक ले जानकारि दिनु भएको छ।

No description available.

images

स्वास्थ्य चौकीको भवन निर्माणका लागी जग्गा अभाव भएको समस्या हट्दै नगरपालिमा आगामी दुई आर्थिक वर्ष भित्रमा स्वास्थ्य चौकीको नयाँ भवन बन्ने अपेक्षा स्थानियको छ । स न पा मा सबै वडामा स्वास्थ्य चौकीका आफनै भवन बन्न सकेका छैनन् । नेपाल सरकारको मापदण्ड अनुसारको स्वास्थ्य चौकी सबै वडामा मापदण्ड अनुसारको स्वास्थ्य चौकी बनाउँन अझै केही समय लाग्नेछ ।

यस्तो छ स्वास्थ्य चौकीको नक्सा :

images

No description available.