कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले संगठित गर्न जरुरी छ: मोहन बैद्य

 

 

काठमाडौं: नेकपा (क्रान्तिकारी माओवादीका) महासचिव मोहन बैद्यले कम्युनिष्ट आन्दोलनलाई नयाँ ढगले संगठति गर्न जरुरी रहेको बताएका छन्।

शनिबार काठमाडौंमा इन्द्रमोहन सिग्देलद्वारा लिखित विचारधारात्मक संघर्ष पुस्तकको परिचर्चा कार्यक्रममा महासचिव बैद्यले कम्युनिस्ट आन्दोलन कमजोर हुँदै गएको अवस्थामा यसलाई नयाँ ढगले संगठति गर्न जरुरी रहेको बताए।

कठिन संघर्षकाबीचबाट कम्युनिस्ट आन्दोलनलाई कसरी अघि बढाउने भन्नेबारेमा गम्भीरतापूर्वक सोच्ने बेला आएको पनि बैद्यले बताए। कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन विभिन्न शक्तिसँग एकताको कुरा भएपनि विप्लव नेकपा भने एकताबाट पछि हटेको उनको जिकिर छ।