वृद्ध बुवाआमाकाे सेवा गर्न जिल्लामै खोलियो पाेलिक्लिनिक

 

-हरि कुँवर ,अर्घाखाँची ।

अर्घाखाँची । सन्धिखर्क पोलिक्लिनिक प्रा. लि. को “गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतीवद्धता ” भन्ने मुलनारा सहित औपचारिक रुपमा उद्घाटन गरिएको छ।

No description available.

सन्धिखर्क -१ हललाइन सन्धिखर्क पोलिक्लिनिक प्रा. लि. को सनिवार औपचारिक रुपमा नेपाल सरकारका पुर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले एक विशेष समारोह बिच पानसमा बत्ती बालेर रिवनकाटी उद्घाटन गरेका हुन।

No description available.

कार्यक्रममा बोल्दै प्रमुख अतिथि टोपबहादुर रायमाझीले जिल्ला अस्पताल पहिलो प्राथमिकता भएको बताउदै निजि क्षेत्र बाट अस्पतालहरु संचालनमा आउनु भनेको राम्रो कुरा भएको बताउदै सेवा ग्राहीलाई गुणस्तर खालको सेवा दिन पनि उनले सन्धिखर्क पोलिकिल्निक प्रा.लि.लाई आग्रह गरे ।

जिल्लाका बिमारी लाई भैरहवा मेडिकल कलेजमा नपठाउन आग्रह गरे । नाफामुखी भन्दा सेवामूलक हुनुपर्ने जिल्ला बासिकाे स्वास्थ्य सेवामा खटिन लागेकाेमा बधाई तथा सफल व्यवसायकाे शुभकामना व्यक्त गरेका थिए।

images

पहिलो प्राथमिकता जिल्ला अस्पताल रहेको दोस्रो पोलिक्लिनिक भएकोले सेवामा कमि नआउने जिल्ला अस्पताल प्रमुख डा. जगरनाथ तिवारीले जानकारी दिएका हुन । सन्धिखर्क पोलिक्लिनिक प्रा.लिबाट दैनिक बिरामी चेकजाँच,जनरल फिजियशन सेवा,भिडियो एक्सरे सेवा,इसिजी सेवा,अक्सिजन सेवा,नेबुलाइजेसन सेवा, इमर्जेन्सी सेवा , फ्याक्चर प्लास्टर सेवा फार्मेसी सेवा जस्ता विशेषज्ञ सेवा दिने पोलिक्लिनिकले जनाएको छ ।

आर्थिक लाभ भन्दा पनि ग्रामीण भेगका जनाताको सहजसेवाका लागि जिल्लामै बसेर सेवा दिन संचालन गरेको बताउदै महिला स्वयंमसेविका र ८० वर्ष भन्दा माथीका वृद्ध बुवा आमा को लागी ५०% नि शुल्क रहेको पोलिक्लिनिक अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले बताए ।

images

उनले आज सनिवार बिमारी चेकजाँच गरि औषधिसमेत दिनभर निशुल्क रहने बताए । विशेष अतिथिमा प्रतिनिधि सभा सदस्य बिजुला रायमाझी,प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरे , प्रजिअ मिना अर्याल, नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष अशोक खनाल लगायत अन्य व्यक्तीहरुको मन्तव्य रहेको थियो । सेयर सदस्य गङ्गा बस्नेतको स्वागत मन्तव्य पत्रकार शोभाखर पन्थीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

images