सबैभन्दा ठूलो दल माओवादीका अध्यक्ष प्रचण्ड चीनको चार दिने भ्रमणमा निस्किएपछि सहमतिको प्रयास अलपत्र

सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उत्तरी छिमेकी चीनको चार दिने भ्रमणमा निस्किएका छन्।


उनको भ्रमण नेपाली राजनीतिमा चीनको बढ्दो चासोसँगै माओवादी नेताको तीव्र बनेको घोषित-अघोषित चीन यात्राको पछिल्लो कडिको हो।


यसलाई राजनीतिक र कूटनीतिक क्षेत्रमा महत्व र चासोका साथ हेरिएको छ।


तर प्रचण्डको अनुपस्थितिका कारण देशभित्र जारी सहमतिको प्रयासमा ठेस पुग्ने भएको छ।


जिम्मेवारी


अध्यक्ष प्रचण्ड संयोजक रहेको समितिलाई संविधान लेखनमा उत्पन्न अवरोध हटाउने उपाए आइतवारसम्म पहिल्याउने जिम्मा दिइएको छ।


एमाले र नेपाली कांग्रेस लगायतका दलका मुख्य नेताहरु समेत संलग्न समितिको नेतृत्व प्रचण्डले पाएपछि माओवादीले संविधान लेखनमा देखिएका विवादका मुद्दामा अधिकतम लचक हुने निर्णय पनि गर्यों।


त्यसले कतिपयमा संविधान लेखनका व्यवधान हट्ने आशा जगायो।


तर दशैं विदामा समेत सक्रिय देखिएको समितिले संयोजक नै विदेश हानिएपछि तोकिएको समयमै लक्ष्य पुरा गर्न सम्भव नहुने निश्चित भएको छ।


माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश भन्छन्,