सरकारलाई पूर्णता दिन आजबाटै संवाद सुरु भएको छ : प्रधानमन्त्री दाहाल

गोरखा — प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार विश्वासको मत प्राप्त गरेसँगै सरकारलाई पूर्णता दिने प्रयत्न थालेको बताएका छन् । संघ सरकारलाई पूर्णता दिने र प्रदेश सरकारलाई पनि आलोपालो प्रणालीबाट पुनर्गठन गर्ने विषयमा छलफल सुरु भएको उनले बताए ।

PM Prachanda is going to Gorkha tomorrow to lay the foundation stone of the road - Himal Sanchar

मंगलबार पालुङटार नगरपालिका–२ विमिरेमा पन्थडिही–कटहरे–हर्मी–साहिलीटार सडकको शिलान्यास समारोहलाई सम्बोधन गर्दै दाहालले सरकारलाई पूर्णता दिन नेपाली कांग्रेससहितका दलसँग मंगलबार बिहानदेखि वार्ता र संवाद सुरु भएको बताए ।

‘हिजोबाट फेरि राजनीतिक वातावरण वनेको छ, लय पक्रिएको छ,’ उनले भने,‘ सदनमा भएका ११ पार्टीले विश्वासको मत दिएपछि सरकारलाई पूर्णता दिने प्रयत्नमा छौँ ।’ देशलाई सुशासन सामाजिक न्याय र समृद्धिको अभियानतर्फ लैजाने दाहालले बताए ।

जनताको विकास निर्माण र समृद्धिको आकांक्षा सम्बोधन गर्न संघ प्रदेश र स्थानीय तहसँग एकीकृत रुपमा अघि बढ्ने उनले बताए । ‘सरकार गठन पुनर्गठन गर्ने कुरामा छलफल भइरहेको छ, प्रदेश सरकारलाई आलोपालो प्रणालीबाट पूर्णता दिने विषयमा छलफल चल्दै छ,’ उनले भने,‘ जनताको विकास निर्माण समृद्धिको आकांक्षा सम्धोदन गर्न एकीकृत रूपमा काम अघि बढाउन, केन्द्र, प्रदेश र स्थानीय तहको समन्वय गर्न बृहत्तर बैठकको आयोजना गर्दै छु, त्यो छलफलमा देशभरको विकासलाई कसरी गति दिने गम्भीर छलफल हुन्छ ।’कान्तिपुरले उल्लेख गरेको छ।