

– अर्घाखाची डट्कम सम्बाददाता।
विस्तारै चन्द्रमाको पछि गएर शुक्र गायव हुनेछ। चन्द्रमाको अँध्यारो किनारा पछाडि शु्क्र बिस्तारै विलाउदै जादा यस किसिमको दुर्लभ संयोजन देखा परेको हो र दवै एऊटै लाईनमा देखिएको हो।यो दुर्लभ संयोजन करिव २४३ बर्षमा हुने गर्दछ।

जब बृहस्पति र शुक्र को दुर्लभ संयोजन हुन्छ तब हाम्रो सौर्यमण्डलको सबैभन्दा चम्किलो ग्रह चन्द्रमाको नजिक आएको देखिन्छ ।जसको कारण खगोलिय बस्तुहरु आकाशमा एक आपसमा नजिक हुदां यस्तो परिदृश्यहरु देख्न सकिन्छ ।

यो संयोजन अर्घाखाँचीको आकाशमा मात्र नभएर संसारको धेरै जसो आकाशमा देखिएको छ।चन्द्रमाको अँध्यारो किनारा पछाडि बिस्तारै विलय हुदै गएकोले चन्द्रमा र शुक्र एउटै लाईनमा पङ्क्तिवद्ध रहेर बसेका हुन।

शुक्र हाम्रो आकाशमा देखिने सबैभन्दा चम्किलो वस्तुहरू मध्ये एक हो।

तथापि चन्द्रमा संग नजिक भएकोले शुक्रको चमकलाई लगभग 250 गुणाले घटाई यो दृश्यावलोकन गरिएको हो। वैदिक रुपमा पनि यस्तो किसिमको दुर्लभ संयोजनलाई राम्रो नै मानिदो रहेछ।विश्व मा सुख शान्ति अमनचयन कायम हुने विश्वास गरिदो रहेछ।




