काठमाडौ, कार्तिक १० – माओवादी अध्यक्ष पुष्पकमल दाहालले चीन र भारतसहितको त्रीपक्षीय वार्ताले मात्र नेपालको निकास निस्कने बताएका छन् । अध्यक्ष दाहालले त्यस्तो वार्ता निकट भविष्यमै हुन सक्ने बताए ।
पाँच दिने भ्रमण पछि मंगलबार राति स्वदेश फर्किएका दाहालले त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थलमा संचारकर्मीसँग आगामी साता भारत भ्रमण गर्न लागेको चिनियाँ टोलीलाई त्रिपक्षीय रणनीतिक समझदारीका लागि छलफल गर्न आफूले आग्रह गर्न लागेको बताए । तीनवटै शक्तिको रणनीतिक सहमतिबाट नेपालमा निकास निस्कनेमा चिनियाँ पनि सहमत भएको दाहालले जनाए ।
नेपालको राजनीतिक अन्योल प्रति चिनियाँहरू चिन्तित् भएको भन्दै उनले उनीहरूले पनि सहमतिको सरकार बनोस भन्ने शुभेक्षा प्रकट गरेको दाहालले उल्लेख गरे । चिनियाँ एक्स्पोमा सहभागि हुन भन्दै चीन गएका माओवादी नेताको टोलीले बेइजिङमा त्याहाँको कम्युनिष्ट पार्टीका उच्च अधिकारीसँग राजनीतिक वार्ता गरेको थियो ।



