

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै एयरलाइन्सको हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक सङ्घले यही चैत २२ गतेदेखि लागू हुने गरी हवाई भाडा समायोजन गरेको हो ।

निगमले सोमबार हवाई इन्धनको प्रतिलिटर १० ले कटौती गरेको थियो । सोअनुसार काठमाडौँबाट धनगढीको उडानमा सबैभन्दा धेरै ४ सय ४० भाडा घटेको छ । यसअघि यो रुटमा यात्रुले हवाई यात्राका लागि मात्र ७५१० तिर्नुपथ्र्यो भने अब ७०७० भाडा कायम गरिएको छ ।

काठमाडौँबाट हुने पर्वतीय उडान (माउन्टेन फ्लाइट) को भाडा ३४५ घटेर अधिकतम भाडा रु ५४९० कायम भएको छ । काठमाडौँ–भद्रपुर रुटमा ३००, विराटनगरमा रु २४०, जनकपुरका लागि १३०, पोखराका लागि १५५, भरतपुरका लागि ११०, भैरहवाको २०५, नेपालगञ्जका लागि १८५ र सुर्खेतका लागि ३४५ हवाई भाडा घटेको छ ।
वन डढेलो नियन्त्रणको लागि डिभिजन वन कार्यालय अर्घाखाँचीको अनुरोध ।





