

-अनिल नेपाली ।
नेकपा बहुमत निकट अखिल (क्रान्तिकारी)ले शिक्षा क्षेत्रको आमूल रुपान्तरण र वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको महान अभियानमा निरन्तर लागेको संगठन अखिल (क्रान्तिकारी) द्वारा काठमाडौ महानगर भित्रको शैक्षिक सुधारका लागि विगत देखि नै मागपत्र बुझाउने, रचनात्मक कार्यगर्ने, शैक्षिक बेथितिका विरुद्ध संघर्ष गर्ने गरिरहेको थियोे ।

पछिल्लो समययता बालेन प्रशासन द्वारा संगठनका जायज मागहरु प्रति वेवास्ता गर्ने, स्टन्टबाजीमा रमाउने, अपरिपक्क निर्णय गरेर बालहठ देखाउने गतिविधि निरन्तर भईरहेका छन ।

बालेनका यस्ता गतिविधिहरुको घोर भत्सर्ना गदै सगठनले विगतमा पनि विद्यार्थी संगठनलाई धार्मिक संघसंस्था र एनजीओ आईएनजिओ सङ्ग दाज्ने कुराको प्रतिरोध गरिएको थियो । राणा शासन फाल्ने देखि गणतन्त्र ल्याउने विद्यार्थी आन्दोलनको गौरवशाली इतिहास माथी अज्ञानि बालेन द्वारा भद्दा मजाक गर्ने र घुमाउरो तरिकाले विद्यार्थी अधिकारका लागि लडने संस्था माथि प्रतिबन्ध लगाउने कुकर्मको विरोध गरिएको हो । तर त्यसको उल्टो व्याख्या गरि विद्यालयमा राजनीति गर्न पाउनुपर्छ भन्ने माग गरेको कुरा भ्रमपुर्ण प्रचार गरियो ।

हाम्रो संगठन विद्यालयमा घिन लाग्दो फोहरी राजनीति नगर्न शैक्षिक सुधारका लागि रचनात्मक कार्य गछौं, बेथिति, भ्रष्टाचार र अन्याय / अत्याचारका विरुद्ध विद्यार्थी र आमजनताहरु माझ संगठित तवरले सचेतना फैलाउने कार्य नगर्न अपिल गरेको छ।

अरु लुटिखाने यहि व्यवस्थाका मतियारहरु सङ्ग हामीलाई तुलना नगर्न खबरदारी गरेकाे छ बालेन प्रशासनलाई हाम्रो संगठनको तर्फबाट बुझाईएका मागहरु सम्बोधन गर्न, महानगर भित्रका शैक्षिक विकृती सुधार गर्न, नेपाल संविधान २०७२ द्वारा प्रदत्त – प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुने, प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक बारे अध्ययन गरि शिक्षा ऐन नितिनियम र विद्यालय संचालन निर्देशिका अनुरुप कार्य गर्न सचेत गराउदछौ ।

निजि विद्यालायहरुको लुटको साक्षी बनेर शिक्षा क्षेत्रको व्यापारीकरण, निजीकरण र दलालीकरणमा सहभागी बन्ने, सरकारी / सामुदायिक विद्यालयले असुल गरिरहेका चर्को शुल्क खारेज गर्न नसक्ने अनि विद्यार्थी संगठनले जायज मागका लागि बाध्यात्मक अवस्थामा लगाएको ताला फुटाएर ठुलै विश्वविजेता बनेको घमण्ड गर्ने कुराको हामी कडा प्रतिरोध गर्दछौं ।

तत्काल महानगरले गरेका कमिकमजोरी बारे माफी माग्दै झुठको खेती बन्द गरि समस्याको समाधान खोज्न आग्रह गर्दछौं अन्यथा कडा संघर्ष द्वारा जबाफ दिने कुरा यसै प्रेस विज्ञप्ति मार्फत सम्प्रेषण गरिएकाे छ।
प्रेस बिज्ञप्ती :






