सरकार र महावीर पुनबीच ७ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं : विभिन्न माग राखेर आन्दोलन गरिरहेका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र सरकारबीच सोमबार ७ बुँदे सहमति भएको छ।

1

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र केन्द्रका अध्यक्ष पुनबीच भएको वार्तामा अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविस्कारसम्बन्धी काम एकीकृत रुपमा सञ्चालन गर्न सरकारले कोष स्थापना गर्नेलगायत सहमति भएको छ।

1

सरकारसँग सहमति भएसँगै गत शुक्रबार पुनले काठमाडौंको माइतीघरमा गर्दै आएको आन्दोलन स्थगित भएको छ।

images