रेशमको आममाफीविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, बुधबार पेशी

काठमाडौं ।  टीकापुर घटनाका प्रमुख योजनाकार रुपमा तीनै तहका अदालतबाट दोषी ठहर रेशम चौधरीलाई सरकारले आममाफी दिएपछि असन्तुष्ट प्रहरी निरीक्षक केशव बोहराकी श्रीमतीले दिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ।टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा बोहरा कडायतले आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दिएकी थिइन्।

11 benches formed through lottery system in Supreme Court – Nepal Press

उनले दिएको उक्त रिट निवेदन दर्ता भएको हो। उक्त मुद्दाको पेशी भोलि (बुधबार)का लागि पेशी तोकिएको छ। सर्वोच्च अदालतलेसमेत जन्म कैदको फैसला गरेका टीकापुर घटनाका दोषी चौधरीले आममाफी पाइसकेका छन्।

Nepal Telecocmeimages