मुद्दा टुंगो नलाग्दा सन्दीपले दक्षिण अफ्रिकामा हुने खेलमा सहभागीता नजनाउने, टिमसँग छुटेर घर फर्किंदै

काठमाडौं । नेपाली राष्ट्रिय टिमका क्रिकेटर सन्दीप लामिछाने दक्षिण अफ्रिका नजाने भएका छन्। आफूविरुद्धको बलात्कार मुद्दा टुंगो नलाग्दा सन्दीपले दक्षिण अफ्रिकामा हुने खेलमा सहभागीता नजनाउने निर्णय लिएका हुन्।सन्दीपका अधिवक्ता सरोजकृष्ण घिमिरेले सन्दीप दक्षिण अफ्रिका नजाने बारे क्यान र नेपाली क्रिकेट टिमका प्रशिक्षकलाई जानकारी गराइसकिएको बताए।

1

मंगलबार मुद्दा फैसलाका लागि पेशी तोकिएको थियो। न्यायाधीश शंकरबहादुर राईको इजलासमा पेशी तोकिएको भएपनि फैसला टर्यो। न्यायाधीश राईले क्षतिपूर्ति सम्बन्धि निवेदनलाई पनि सँगै राखेर पेश गर्न आदेश दिए, सुनुवाइ गरेनन्।

1

पटक पटक पेशी तोकिए पनि फैसला हुन नसकेपछि सन्दीप आफ्नो मुद्दाको टुंगो नलाग्दा खेल्न नजाने निर्णयमा रहेका हुन्। अब यो मुद्दाको पेशी अर्को साता पुनः तोकिने छ। तर जिल्ला अदालतले सर्वोच्च अदालतको आदेश नमान्दा फैसला आउने भने निश्चित छैन।

सर्वोच्चले फास्ट ट्रयाकमा यो मुद्दा टुंग्याउन गत फागुन १५ गते नै आदेश दिएको थियो। सर्वोच्चको आदेश आएको ३ महिना बित्दा पनि जिल्ला अदालतका न्यायाधीशले विभिन्न बहानामा मुद्दाको अन्तिम सुनुवाइ गरेका छैनन्।

दक्षिण अफ्रिका नजाने भएसँगै उनी आफ्ना सामान लिएर घर फर्किने तयारीमा छन्। बन्द प्रशिक्षणमा रहेको नेपाली क्रिकेट टोलीलाई महाराजगन्जको महावीर प्यालेसमा राखिएको छ।

सन्दीप आफ्ना सामग्री लिन अहिले होटल पुगेका छन्। राष्ट्रिय क्रिकेट टिमका सदस्यहरु आजै राति राति साढे २ बजे कतार एयरवेजबाट दक्षिण अफ्रिका प्रस्थान गर्दैछन्।

सन्दीपलाई चाँडो न्याय दिन माग गर्दै माइतीघरमा प्रदर्शन

दक्षिण अफ्रिकामा नेपाली टोलीले दुई मैत्रीपूर्ण खेल खेल्दैछ। त्यहाँ नेदरल्याण्ड्स र स्कटल्यान्डसँग खेल्ने तालिका छ। सन्दीपले यी दुवै खेल गुमाउने भएका छन्। त्यसपछि नेपाली क्रिकेट टोली विश्वकप छनौट खेल्न जिम्बावे जानेछ।

images

त्यसपछि नेपालले जिम्बावेमै विश्वकप छनौटअघि ओमान र युएईसँग अभ्यास खेल खेल्दैछ। त्यसमा पनि सन्दीप उपलब्ध हुने नहुने अनिश्चित छ।

1

images

जिम्बावे जाने नजाने सन्दीपले निर्णय लिइसकेका छैनन्। पछिल्लो समय सन्दीपले कि ढुक्कले खेल्न दिन र कि जेल पठाउन मुद्दाको छिटो किनारा लगाउन माग गर्दै आएका छन्।

सन्दीपका कानुन व्यवसायीले मंगलबार पनि जिल्ला अदालतमा मुद्दा फैसलामा आलटाल हुँदा सन्दीप ढुक्कले खेल्न नसकेको बताए। अधिवक्ता घिमिरेले दोषि भए जेल पठाउन र निर्दोष ठहरिए खेल्न दिन आग्रह गरेका थिए। तर अनिर्णयको बन्दी नबनाउँन आग्रह गरे।

images

विश्वकप छनौट पनि नजिकिएको र सन्दीप राष्ट्रिय क्रिकेट टिममा रहेकाले मुद्दाको पेशीले असर गर्ने बताएका थिए। तर न्यायाधीश राईले भने त्यसलाई असर नपर्ने गरी पेशी तोक्न निवेदन ल्याउन भनेका थिए। न्यायाधीश राईले भनेजस्तो सन्दीपका वकिलले पछि धकेल्न निवेदन दिएनन्।

‘हामी यो मुद्दा छिटो टुंगियोस् भन्ने चाहन्छौं, तर यहाँ अचम्म त पीडित भनिएको पक्षले नै छिटो फैसला चाहिरहेको छैन’, घिमिरेले भने।

सन्दीपले तनाबकाबीच खेल्न नसक्ने बताएपछि कानुन व्यवसायीले पनि उनलाई नजान राय दिएका छन्। पटक पटक ओहोरदोहोर गर्नुभन्दा खेल नै गुमाउने भएका छन्।

Nepal life insurance

विश्वकप छनोटमा नेपालको पहिलो खेल असार ३ गते घरेलु टोली जिम्बावेसँग हुनेछ। असार ५ गते अमेरिका र ७ गते वेस्ट इन्डिजसँग खेल्नेछ। समूहको अन्तिम खेल नेदरल्यान्ड्ससँग असार ९ गते हुनेछ। तर नेपाल शीर्ष ६ मा परे नेपालको जिम्बाबे बसाइ लम्बिने छ। -नेपाल खबर

Nepal Telecocmeimages