माओवादी अवरोध जारी रहेपनि कामचलाउ सरकारले अब मंसिरको पहिलो साता पूर्ण बजेट ल्याउने

साविकभन्दा चार महिना ढिलो गरि मंसिर महिनाको पहिलो साता बजेट ल्याउन सरकारले तयारी थालेको छ।


मंसिरको तीन गतेको हाराहारीमा ल्याइने उक्त बजेट पूरै वर्षको खर्च आम्दानीको विवरण हुने अर्थ मन्त्रालयका अधिकारीहरुले बताएका छन्।


तर ढिलो भएका कारण ठप्प भएका विकास निर्माणका काम र आर्थिक वृद्धिको लक्ष्य भेट्टाउन मुश्किल हुने देखिएको छ।


कुनै वाधा विना ल्याइएको भए यतिखेरसम्म संसदमा बजेटको दफावार छलफल समेत सकिइसकेको हुने थियो।