

भरतपुर। भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष (२०८०/८१) का लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रूपैयाँ बराबरको बजेट बिनियोजन गरेको छ।


महानगरका उपप्रमुख चित्रसेन अधिकारीले आगामी आर्थिक वर्षको लागि बजेट पेस गरेका हुन् । आन्तरिक आय १ अर्ब ७५ करोड, संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त अनुदान १ अर्ब ८३ करोड ९९ लाख ७५ हजार, राजश्व बाडफाँटबाट ५४ करोड ८० लाख १५ हजार, जनसहभागिताबाट ५० करोड, बैंक मौज्दात १ अर्ब ६५ करोड, सडक बोर्ड नेपालबाट आउने ३ करोड आम्दानी हुने प्रक्षेपण महानगरको छ । यस्तै, महानगरले अन्तर सरकारी अख्तियारी शीर्षकमा अनुमानित १ अर्ब १० करोड रहने प्रक्षेपण गरेको छ।

महानगरले प्रत्येक वडालाई २ करोड ७५ लाखका दरले ७९ करोड ७५ लाख रकम विनियोजनका लागि प्रस्ताव गरेको छ। यस्तै, चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकी रहेका ठेक्का योजनाहरु समयमै सम्पन्न गर्न १ अर्ब ६५ करोड बजेट विनियोजन गरेको छ। -एनपी





