बजेटको पक्षमा मतदान गर्न कांग्रेसको ह्विप

काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसले बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ। सोमबार कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ह्विप जारी गरेका हुन्।

Nepali Congress summons central work execution committee meeting

1
‘मिति २०८० असार १३ गते बिहान ११:०० बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८० (आव २०८०/८१ को बजेट) निर्णयार्थ प्रस्तुत हुने हुँदा उक्त दिनको बैठकमा अनिवार्य उपस्थित हुन, विनियोजन विधेयक, २०८० को पक्षमा मतदान गर्न र तटस्थ नरहन यो ह्विप जारी गरिन्छ,’ लेखकद्वारा प्रस्तुत सूचनामा भनिएको छ।

बजेटका सम्बन्धमा सत्तारुढ दलभित्रै असन्तुष्टि सिर्जना भइरहेको छ। जसका कारण बजेट पारित हुनेमा अन्यौल सिर्जना भइरहेको थियो।