माओवादी विस्तारित बैठकमा प्रस्तुत तीनवटा दस्तावेजमा सहभागीहरुले आफ्ना धारणा राख्ने क्रम जारी, उपाध्यक्ष बाबुराम भट्टराई पक्षधरले महाधिवेशनको माग

– सरोजराज अधिकारी

 

पालुङटार, गोरखा, मंसिर ९ – माओवादी विस्तारित बैठकमा प्रस्तुत तीनवटा दस्तावेजमा सहभागीहरुले आफ्ना धारणा राख्ने क्रम जारी रहेको छ । गोरखाको पालुङटारमा जारी बैठकमा विहीबार अपरान्हसम्म १३ वटा समूहले बोल्ने क्रम सिध्याएका छन् भने १० वटा समूहको बाँकी रहेको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए ।

बैठकका सहभागीहरुले आ-आफ्ना पक्षका नेताहरुको राजनीतिक प्रतिवेदनको बचाउ गरेका छन् । उनीहरुले नेताहरुमाथि विभिन्न किसिमका आरोप-प्रत्यारोप लगाइरहेका छन् ।

बुधबार उनीहरुले छिट्टै महाधिवेशनको माग गरेको थिए । खासगरी उपाध्यक्ष बाबुराम भट्टराई पक्षधरले महाधिवेशनको माग गरेका हुन् ।

२०४८ मा पार्टी एकता महाधिवेशन भएएता माओवादी पार्टीमा महाधिवेशन हुनसकेको छैन ।