काठमाडौ – सहिद लीलानाथ दाहालकी धर्मपत्नी ५९ वर्षीया यशोदादेवी दाहालको मस्तिष्क रक्तश्रावका कारण मङ्सिर ७ गतेदेखि ओम अस्पताल, चाबहिलमा सघनकक्षमा राखिएको छ ।
यशोदादेवीको उपचारमा डा. गोपालरमण शर्मा र डा. बलराज जोशी संलग्न छन् । उनको शल्यक्रिया भने भइसकेको अस्पतालले जनाएको छ ।
छोरा बालकृष्ण दाहालका अनुसार उनको अवस्था गम्भीर रहेको छ । सहिद दाहालले २०३१ सालको काठमाडौँको बमकाण्डमा परी सहादत प्राप्त गरेका थिए । – रासस



