एमाले सत्ताबाहिर बस्नु परेका कारण छट्पटाएको छ् ; बर्षामान पुन

1  नेकपा माओवादी केन्द्रका उपमहासपचिव वर्षमान पुनले प्रमुख प्रतिपक्षी दल एमाले सत्ताबाहिर बस्नु परेका कारण छट्पटाएको टिप्पणी गरेका छन् ।पार्टीको युवा विशेष महाशाखाको बैठकलाई आइतबार मुख्यालय कोटेश्वर पेरिसडाँडामा सम्बोधन गर्दै पुनले लगातार तीन वर्ष सत्ता बाहिर बस्नुपर्दा एमाले छट्पटिएको बताए

एमालेले जनताको आवाज बुलन्द गर्ने थलो संसदलाई जेसुकै विषयमा अवरुद्ध गर्दै बन्दी बनाउनुको कारण सोही छटपटीको अभिव्यक्ति भएको उनको भनाइ थियो । आफ्ना अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको वर्तमान गठबन्धन सरकारले सुशासनका पक्षमा र भ्रष्टाचार अन्त्यका लागि चालेका कदममा यो वा त्यो नाममा विरोध गरेर एमालेले आफूलाई जनताको नजरमा गिराउने काम गरेको पनि पुनको आरोप थियो ।

1

‘भ्रष्टाचारविरुद्धका कुरा उठ्दा, सुशासनका कुरा उठ्दा होस् वा वैदेशिक सम्बन्धमा कुरामा होस् सकारात्मक विषयमा पनि प्रतिपक्षी भूमिका निर्वाह गर्ने नाममा नकारात्मक प्रतिक्रिया दिनु एमाले नेतृत्वको धर्म जस्तै भएको छ,’ उनले भने, ‘तीन वर्ष सत्ताबाहिर बस्नुपर्दाको छटपटाहट संसद् बाहिर र भित्रबाट सकारात्मक कामको विरोध गर्नुले पुष्टी गर्छ ।’

पुनले निःशर्त संसदको अवरोध हटाएर लोकतान्त्रिक व्यवहार प्रदर्शन गर्न एमाले नेतृत्वलाई आग्रहसमेत गरेका थिए । सुन तस्करी प्रकरणलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले छानबिन गरिरहेको भन्दै उनले उसले प्रतिवेदन तयार पारेपछि चित्त नबुझे छानबिन समिति गठन गर्न सकिने विकल्प रहेको उल्लेख गरे । तर, वर्षौंदेखि काम गर्दै आएका राज्यका स्थापित संरचना र विधिलाई कामजोर बनाउने गरी समिति गठनको माग राख्नु अनुचित भएको उनको भनाइ थियो ।

सरकारको कामका कारण जनताले फेरि एकपटक माओवादीतर्फ विश्वासको नजरले हेरेको दाबी गर्दै उनले त्यसलाई संगठनात्क शक्तिमा बदल्न पार्टी पंक्तिलाई निर्देशन दिएका थिए ।

कान्तिपुरमा उल्लेख छ

ad