

बुटवल — बुटवलमा जारी एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा नेतृत्व चयनका लागि मंगलबार बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु हुँदैछ ।


मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीका अनुसार निर्वाचन कमिटीले ८ बजे मतदान सुरु गर्ने गरी तयारी गरेको छ । यसअघि सोमबार रातिदेखि मतदान गर्ने भनिए पनि अन्तिम समयमा आन्तरीक तयारी नपुगेको र अध्यक्ष मण्डलले उज्यालोमा मतदान गर्न आग्रह गरेकाले समय सारिएको हो ।

आगामी नेतृत्वका लागि पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका छन् । ५ पदाधिकारीमध्ये ४ पदमा निर्वाचन हुँदैछ । यसबाहेक भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी ४ जिल्ला साथै लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान हुनेछ ।
यस्तै १० बजेसम्म मतदान प्रक्रिया सक्ने र साँझसम्म नतिजा बाहिर ल्याउने तयारी रहेको पनि एमाले लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले बताइन् । अध्यक्षमा पाल्पाका राधाकृष्ण कंडेल र प्युठानका हरिप्रसाद रिजाल प्रतिस्पर्धामा छन् ।







