फोरमका उपेन्द्र यादवको बिरुद्धमा बोल्न थालेपछि राज्यमन्त्री बेगमको माइक खोसियो

– मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवको बिरुद्धमा बोल्न थालेपछि  कृषि तथा सहकारी राज्यमन्त्री करीमा बेगम बोल्दै गरेको माइक खोसिको छ ।

गरिव घर समाजको चौथों साधारणसभाको उद्‌घाटनमा उनलाई २० मिनेट बोल्न समय दिएको भएपनि यादव बिरुद्ध बोल्न थालेपछि फोरमका कार्यकर्ताहरुले बेगमको बिरुद्धमा हुटिङ गरेका थिए ।

अत्यधिक विरोध भएपछि मञ्चमा रहेका कार्यकर्ताहरुले बेगम बोल्दै गरेको माइक खोसेर सामाजिक कार्यक्रममा राजनीतिक कुरा गरेको आरोप लगाइन् ।

उपराष्ट्रपति परमानन्द झाले आसनबाटै सबैला ई बस्न अनुरोध गरेपछि सुरक्षाकर्मीहरुले दर्शकहरुलाई उनीहरुकै स्थानमा जबर्दस्ती बस्न लगाएका थिए ।