प्रमुख विपक्षी नेकपा एकीकृत माओवादीले थाँती रहेको प्रधानमन्त्री चयन प्रक्रिया पुरा गर्न नियमित नसके विशेष अधिवेशन गर्न पहल गर्ने घोषणा गरेको छ।
माओवादीको पदाधिकारीहरुको आइतबारको बैठकले संसदको नियमित हिउँदे अधिवेशन तत्काल बोलाउन पहल गर्ने, त्यो प्रयास सफल हुन नसके विशेष अधिवेशन डाक्न निवेदन दर्ता गर्ने निर्णय गरेको छ।
बजेट पेश गर्न संसदको रोष्ट्रममा जाँदै गरेका अर्थमन्त्रीमाथि माओवादीले हातपात गरेपछि सरकारले दुइ साता अघि मध्यरातमा संसद अधिवेशन अन्त्य गरेको थियो।
त्यस लगत्तै विस्तारित बैठकमा व्यस्त माओवादीले आइतबार उसको पदाधिकारी बैठकमा हिउँदे अधिवेशन डाक्न पहल गर्ने निर्णय गरेको हो।
पदाधिकारी बैठकका सहभागी माओवादी नेता सी पी गजुरेल भन्छन्,



