काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफु पुराना नेताहरुको भिडमा नभएको बताएका छन् । आइतबार नयाँ पुस्ता र राष्ट्रका नाममा भिडियो सन्देश जारी गर्दै प्रचण्डले आफु ती पुराना नेताहरूको भीडमा नरहेको बताएका हुन् । प्रचण्डले भनेका छन्-...
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक रुपन्देही-२ पनि रहेको छ । रुपन्देही- २ नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहितका उम्मेदवार भएका कारण चर्चामा रहेको छ । रुपन्देही क्षेत्र नम्बर...

कांग्रेसलाई एक्लै चुनाव लड्ने पार्टी बनाउँछु : कोइराला धनगढी - नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला सुदूरपश्चिमको भ्रमणमा छन्। आसन्न पन्ध्रौं महाधिवेशनलाई लक्षित गर्दै कोइरालाले सुदूरपश्चिमका कांग्रेस नेता-कार्यकर्तासँग भेटघाट जारी राखेका छन्। शुक्रबार धनगढी पुगेका कोइरालाले सुदूरपश्चिमका नौ वटै जिल्लाका नेता-कार्यकर्तालाई भेटघाट गरेका छन्। भेटघाटका क्रममा त्यहाँका नेता-कार्यकर्ताले भावी पार्टी सभापति भन्दै कोइरालालाई हौसला दिएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाको आधार क्षेत्रमा पुगेर कोइरालाले अबको निर्वाचनमा कांग्रेसलाई एक्लै...
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक झापाको २ नम्बर क्षेत्र पनि रहेको छ । यस क्षेत्रबाट पुर्व सभामुख देवराज घिमिरे, पूर्व उपसभामुख इन्दिरा राना मगर, स्वागत नेपाल लगायतको...
काठमाडौँ । नेपाल आयल निगमले भारतसँगको सहकार्यमा पेट्रोलियम तथा एलपीजी ग्यास पाइपलाइन परियोजनालाई तीव्र गतिमा अघि बढाइरहेको छ । अमलेखगञ्जदेखि चितवन सम्मको पाइपलाइन र सिलगुढीदेखि झापा (चाराली) सम्मको पाइपलाइन परियोजना कार्यान्वयन चरणमा प्रवेश गरिसकेका छन् भने मोतिहारीदेखि सर्लाहीसम्मको एलपीजी...
काठमाडौँ । काठमाडौँ महानगरले सडक किनारा, पार्क, नदीहरुको करिडोरमा पैदल यात्रीलाई बस्नका लागि सार्वजनिक कुर्सी मर्मत गरेर फेरी राख्न शुरु गरको छ । पुराना र जीर्ण भएकालाई मर्मत, सम्भार र रंगरोगन गर्ने, यात्रुको चाप भएको ठाउँमा संख्या थप्ने, एक...
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक तनहुँ-१ पनि रहेको छ । तनहुँ- १ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले र काँग्रेसका गोविन्द भट्टराई उम्मेदवार रहेका...
-अर्घाखाँची डटकम सम्बाददाता । बुटवल - नेपाली काङ्ग्रेस अर्घाखाँची–बुटवल सम्पर्क समितिको आयोजनामा उमेदवार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम बुटवलमा औपचारिक रूपमा सुरु भई भव्य रूपमा सम्पन्न भएको छ। आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोजित उक्त कार्यक्रमले बुटवल तथा आसपासका...
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेपालमा गणतन्त्रको घोषणा गर्ने थलोको रुपमा रहेको रुकुम (पूर्व) मा समाजवाद निर्माणको सन्देश दिन आफू उम्मेद्वार बनेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित रुकुम (पूर्व)का कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकालले डडेल्धुराबासीसँग माफी मागेका छन् । डोटेली भाषामा सामाजिक सञ्जालमा लेख्दै ढकालले डडेल्धुराबासीको १३ हजार मतले देश बनाउन लागेको भन्दै ठुलो सपना देख्दा सानातिना गल्ति हुने भन्दै माफी मागेका...
काठमाडौँ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिका आक्रमण गरेमा क्षेत्रीय युद्ध निम्त्याउने चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सैन्य कारबाहीको धम्की दिइरहेको समयमा खामेनीले यस्तो चेतावनी दिएका हुन् । खामेनीले भनेका छन्- 'अमेरिकीहरूले बुझ्नुपर्छ, यदि उनीहरूले युद्ध सुरु गरे भने, यस पटक यो क्षेत्रीय युद्ध हुनेछ ।' अमेरिकी विमानवाहक युएसएस अब्राहम लिंकन सहित धेरै...
काठमाडौँ । अस्ट्रेलियाले आइसीसी टी-२० क्रिकेट विश्वकपका लागि टिमको घोषणा गरेको छ । अस्ट्रेलियाले मिच मार्शको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । अस्ट्रेलियाले विश्वकपका लागि टेस्ट कप्तान पाट कमिन्स, स्टिभ स्मिथ र माथ्युज शर्टलाई बाहिर राखेर टिमको घोषणा गरिएको छ । यसमा कमिन्स इन्जुरिका कारण विश्वकपबाट बाहिर भएको बताइएको छ । अस्ट्रेलियाली टोली: मिच मार्श (कप्तान), जेभियर बार्टलेट, कूपर कोनोली, बेन द्वारशुइस, क्यामरुन ग्रिन, ट्राभिस हेड, जोश इङ्गलिस, म्याथ्यू कुन्नेम्यान, म्याथ्यू रेन्शा, मार्कस स्टोइनिस, एडम जाम्पा, जोश हजेलवूड, ग्लेन म्याक्सवेल, टिम डेभिड र नाथन एलिस रहेका छन् । आइसीसी पुरुष टी–२० विश्वकप फेब्रुअरी ७ देखि सुरु हुँदैछ...
