भृकृटी विकास बैंकले अर्घाखाचीमा शाखा खोल्ने, स्थानियलाई सहयोग मिल्ने आशा

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

– गणेश खनाल

सन्धिखर्क, अर्घाखाची,५ चैत्र – भृकृटी विकास बैंक बुटवलले अर्घाखाचीमा आफ्नो शाखा विस्तार गर्ने भएको छ ।  बैकले आफ्नौ ९ औं शाखाको रुपमा अर्घाखाची जिल्लामा शाखा विस्तार गर्न लागेको एक कार्यक्रमको आयोजना गरि जानकारी गराएको हो ।
   
लुम्बिनी, अञ्चलको रुपन्देही, कपिलस्तु, नवलपरासी जिल्लामा काम गर्दै आएको बैकले अव देखि अर्घाखाची, गुल्मी, पाल्पा, रोल्पा लगाएतका स्थानमा आफ्नो शाखा विस्तागर्ने जानकारी गराएको छ । अर्घाखाची जिल्लामा निजि स्तरका बैकहरुले काम गर्न इच्छा नगरेको अवस्थामा भृकृटी विकास बैकले जनस्तरबाटै जनतालाई सुविधा दिने बैकका प्रमुख कार्यकारी निर्देशक लोकनाथ भुषालले जानकारी दिनु भएको छ ।

अर्घाखाची जिल्ला राष्ट्रिया बाणिज्य बैंक कृषि विकास बैक, र निजि क्षेत्रको साइन डेभलोप्मेन्ट बैक र आई एम ईले मात्र सेवा दिदै आएका छन् । कार्यक्रममा संविधान सभाका सदस्य नेत्र पन्थी, बैकका संचालक बावुराम भट्टराई, एमालेका अध्यक्ष रामजि प्रसाद घिमिरे,नरेन्द्र क्षेत्री,सागर के सी,यमना भसाल,निमबहादु रिजाल,विष्ण प्रसाद आर्चाय,लोकनाथ भसाल,नेत्र भसाल लगाएतले मन्तव्य राख्न भएको थियो । 

—————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ ।