अर्घाखाँचीमा सामुदायिक वन भित्र गैर कानुनी सड्क, स्थानिय बासिन्दाको आपत्ति

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

– वीरेन्द्र केसी

सन्धिखर्क, अर्घाखाँची- जिल्लाका सामुदायिक वन भित्र गैर कानुनी रुपमा धमाधम सडक निर्माण भैरहेका छन । वन भित्र जथाभावी रुपमा बाटो खन्दा सामुदायिक वन मासिदै गएको छ । सामुदायिक वनको बीचबाट भित्रैसम्म मोटरबाटो लगेर काठ निकासी गर्न जंगल भित्र यस्ता मोटर बाटा धमाधम खनिएका छन ।

ठुला रुख भएका ठाउँमा मोटरबाटा निर्माण भएपछि काठा निकासी गर्न ठेकेदारलाई सजिलो भएको छ । काठ निकासीको लागि सामुदायिक वन भित्र गैर कानुनी रुपमा बाटो खनिएपनि सम्बन्धित निकायले ध्यान दिएको छैन । जिल्लाको सबै भन्दा धेरै जंगल भएको सिद्धारा जलुके जुकेना सिमलपानी ठाडा धनचौर धारापानी लगायतका गाविसमा वनको भित्रैसम्म मोटरबाटा खनिएको स्थानीय वासिन्दाले बताएका छन ।

सबैभन्दा विकट र घना जंगल भएका यी गाविस वन कार्यालयको पहुँच भन्दा टाठा भएकाले जंगल मासिदै गएको छ । वनभित्र मोटरबाटो खन्न स्थानीय गाउँले मार्फत रकम दिने गरेका छन । गाउँमा बाटो लैजाने नाममा सामुदायिक वन मासिदै गएको जिल्ला वन अधिकृत सुरेश िसंहले बताए । सर्वदलीयको निर्णयमा जिविसले जथाभावी रुपमा खनिएका बाटाले वनसँगै महत्वपुर्ण रुखहरु मासिएका छन उनले भने मैले एक्लै के गर्ने  । 

अर्घाखाँचीमा नेपालमै सबैभन्दा धेरै बाटा छन घर घरमा बाटो लैजाँदा वन मासिएको छ िसंहले भने वनभरी मोटरबाटा भएकाले रुख काटिदा भु क्षय हुने वर्षादमा पहिरो जाने खानेपानीका मुहान सुक्ने समस्या छ । उनले जिल्लामा यस्ता बाटा रोक्न जिविसलाई पत्राचार गरिएको बताए । जिल्लामा खनिएका यस्ता मोटरबाटा गैरकानुनी रुपमा खनिएका छन । सामुदायिक वनमा भएका रुखहरु सकेसम्म कटान गर्न दिने गरेका छैनौ उनले भने ।
 
 जिल्लाका अधिकाशं गाउँमा निर्माण गरिएका मोटरबाटामा जिविस गाविसले प््राविधिक रुपमा नापजाँच र नक्साङ्कन नगरीकनै स्वीकृती विना माटेरबाटो निर्माण गर्न दिने गरेको छ । मोटरबाटो खन्नु पुर्व ईआईए कुनै बाटोमा पनि नगरिएको वनले जनाएको छ । अर्घाखाँचीमा खनिएका बाटोमा वातावरणीय अध्ययन नगरिकनै खनिएका वनले जनाएको छ । जंगल भएका गाउँमा खनिएका बाटो काठ निकासी गर्न मात्रै प्रयोग हुने गरेका छन ।
 
सामुदायिक वनमा टेन्डर प्रकि्रया विनै सिद्धारा जलुके सिमलपानी गाविसमा काठ निकासी भैरहेको छ । यी गाविसमा वस्ती पातलो र एक गाउँबाट अर्काे गाउँमा जान घण्टौ सयम लाग्ने गर्छ । यी गाविसमा एक सय भन्दा बढी बाटा खनिएका छन । जिविसको बजेट भन्दा ठेकेदारले आफै लगानी गरेर खनिएका मोटरबाटा दोब्बर भएको सिद्धाराका स्थानीय गुणाखर विकले बताए । वनबाट रातारात काठ चोरी हुने उनले बताए ।
 
बाटो खनिएपछि अहिले जंगल पातलिदै गएको उनले भने रोक्न कसैले सक्दैन ।  यहाँबाट चोरी भएका काठ बुटवल कपिलवस्तु र केही सन्धिखर्कको फर्निचर उद्योगमा जाने पनि उनले बताए । यस्ता बाटोबाट काठ चोरी निकासी हुँदा घना र ठुला ठुला रुख भएका जंगल पातलिदै गएका छन । सामुदायिक वनभित्र खनिएका बाटा कार्यसुची बिना खनिएको वनले जनाएको छ ।
 
नियम पालना गर्ने कोही छैनन नियम अनुसार बाटो निर्माण नभएकाले वनमा भएका रुख र वन मासिदै गएको सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला सदस्य रामचन्द्र पोखरेलले बताए ।

जिल्लाका ४२ वटै गाविसमा टोल टोलमा मोटरबाटा निर्माण भैरहेपनि यी बाटोमा प्रविधिक रुपमा नापजाँज र वातावरणीय अध्ययन नगरिएको जिल्ला वन कार्यालयले जनाएको छ । घना र चुरे जंगलमा जिल्ला वन कार्यालयको स्वीकृत बिना बाटो खनिएका छन ।

(संचारकर्मी बिरेन्द्र केसी कान्तिपुर दैनिकका लागि अर्घाखाँची सन्धिखर्क स्थित प्रतिनिधि हुन भने अर्घाखाँची अन्लाईन डट्कम् (टाईम्स)का लागि सहयोगीको रुपमा रहनु भएको छ । )
 

—————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ ।