अर्घाखाँचीको जलुकेमा पिउनेपानी सुबिधा पुगेपछि बिरामी हुनेको सख्या घट्यो

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

– वीरेन्द्र केसी

.
सन्धिखर्क, अर्घाखाँची- जिल्लाको जलुके- ४ लामाताल गाउँमा खानेपानीका धारा जडान भएपछि  विरामी हुनेको सख्यामा कमी आएको छ । शुद्ध खानेपानी अभावमा राप्ती नदीको फोहोर पानीले विरामी भैरहने गाउँमा खानेपानीका धारा जडान भएपछि पाँच महिना देखी विरामी हुन छाडेका छन ।

जिल्लाको सबैभन्दा विकट गाउँमा रहेको वस्तीमा राप्ती नदीको धमिलो पानीले गाउँका अधिकाश वासिन्दा विरामी पर्ने गरेका थिए । गाउँमा खानेपानीका धारा जडान भएपछि विरामी हुने घटेका छन लामातालकी स्थानीय भगवता भेडी मगरले भनिन सधैभरी राप्ती नदीको फोहोर र धमिलो खानेपानीले गाउँमा सबै भिरामी भैरहन्थे ।

झाडा पखाला पेट दुख्ने रुघा खोकी लाग्ने ज्वरो आउने लगायतका विरामी गाउँमा हुन्थे उनले भनिन आजोभाली यस्ता विरामीको सख्यामा कमी आएको छ । पहिला गाउँमा प्रत्येकका घरमा विरामी हुन्थे उनले भनिन अहिले छिटफुट रुपमा मात्र छन । पाँच महिना देखी गाउँमा विरामी घटेका छन उनले भनिन गाउँमा शुद्ध खानेपानीका धारा जडान भएपछि स्थानीयलाई ठुलो राहत भएको छ ।
गाउँका सबैका घरमा एक दुई जना विरामीले छाड्दैनथ्यो स्थानीय मान बहादुर विकले भने अहिले त्यस्तो विरामी छैनन । फनबोर्डको आर्थिक सहयोगमा एमआरएमजी नामक सस्थाले गाउँका टोल टोलमा खानेपानीका धारा जडान गर्नमा सहयोग पुयाएपछि गाउँलेले शुद्ध खानेपानी खान पाएका छन । करिब दुई सय घर परिवार रहेको उक्त वस्तीमा दुर्गन्धित र फोहोर पानीकै कारण वालबालिका बुढाबुढी महिला सिकिस्त विरामी हुने गरेको स्थानीयले बताए ।
विरामी हुनेको सख्यामा कमी आएपछि स्थानीयले गाउँमा आर्य आर्जनको काम गर्न थालेका छन । गाउँमा ३१ वटा धारा भएका छन । नजिक पानी नहुँदा दुई घण्टाको पैदल झरेर राप्ती नदीको फोहोर पानी खानु भन्दा अरु विकल्प नभएकाले गाउँमा दुषित पानीको सबैलाई थला पथ्यो खानेपानी उपभोक्ता समितिका अध्यक्ष पुर्ण बहादुर अधिकारीले भने विरामी हुने केही कमी भएपनि हिउँदमा सबै विरामी भएर स्याहार सुसारमा सहयोग गर्ने पनि नहुँदा उपचार नपाएर ज्यान जाने घटना समान्य हुन गरेको थियो ।
विकट गाउँ भएकाले सरकारी निकायबाट उपचार गर्न कोही नआउने स्थानीको गुनासो छ ।  खानेपानीका धारा जडान भएपछि राप्ती नदीको फोहोर पानी खाने छाडेकाले विरामी हुन छाडेको उनले बताए । खानेपनाीका धारा जडान भएपछि गाउँमा तरकारी र अन्य काम गरेको उनले बताए । फन बोर्डको २६ लाख ३९ हजारको आर्थिक सहयोगमा खानेपानी योजना हालै सम्मन्न भएको हो । 
.
(संचारकर्मी बिरेन्द्र केसी कान्तिपुर दैनिकका लागि अर्घाखाँची सन्धिखर्क स्थित प्रतिनिधि हुनुहुन्छ भने अर्घाखाँची अन्लाईन डट्कम् (टाईम्स)का लागि सहयोगीको रुपमा केही समय देखी सहयोग गर्दै आउनु भएको छ । )
—————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ ।