जापानको सहयोगमा अर्घाखाँचीको सितापुरमा पाँच कोठाको बिधालय भवनको निर्माण

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

– गणेश खनाल

सन्धिखर्क, अर्घाखाँची ११ चैत – जापानको एक सस्थाको सहयोगमा अर्घाखाँचीको सितापुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा पाँच कोठे भवन निर्माण भएको छ । जापानको कोईटो कलेजको १३ लाखँ सहयोगगाविसको २ लाख १० हजार र बाँकी स्थानीय जनश्रमदान गरी कुल १९ लाखँको लागतमा भवन निर्माण भएको हो । भवन निर्माण पछि स्थानीय बासिन्दामा खुसीयाली छाएको छ ।  

जापानको कोईटो कलेजको १३ लाख सहयोगगाविसको २ लाखँ १० हजार र बाँकी स्थानीय जनश्रमदान गरी कुल १९ लाखँको लागतमा भवन निर्माण भएको हो । भवन निर्माण पछि स्थानीय बासिन्दामा खुसीयाली छाएको छ ।

यस अघि सम्म प्रात्त कक्षा कोठाहरु थिएन् साह्रै दु खले विद्यार्थीलाई पढाउन पथ्योभवन निर्माण पछि सो समस्या हटेको छ-भन्नुहुन्छ विद्यालयका प्रअ यदु कास्यप । विद्यालयमा सितापुर ठाडा जलुके सिमलपानी लगाएतका गाविस बाट विद्याथीहरु अध्ययन गर्न आउने गरेको कास्यप बताउनु हुन्छ । उहाँका अनुसार अहिले विद्यालयमा ६ सयको हाराहारीमा विद्यार्थीहरु पढ्न आउन गरेको जानाकारी दिनुभयो । 

कक्षा ९ मा अध्यरत विद्यार्थी सागर के सी भन्छन्-भवन निर्माण हुन भन्दा अगाडी सम्म तछाड र मछाड गरी स्कुलमा गएर सिट रोक्नु पथ्योअहिले त्यो समस्या छैन् मजाले १० बजे सम्म स्कुल गए हुन्छ । कक्षा तिनमा अध्यरत विद्यार्थी हिमकला गोतम भन्छन्-म पहिला पहिला स्कुल टाईम सुरु हुन दश प्रन्ध मिनेट छ भन्दा स्कुल जाने थिएनकिनकी स्कुल जादाँ बस्ने ठाउँ नै हुने थिएन तर आज म १० बज्न ५ मिनेट छ भने पनि स्कुल जान्छु किनकी अहिले त्यो समस्या छैन् । 

भवन निर्माण सम्र्पन पछि भएको एक कार्यक्रममा विद्यालयका प्रअ कास्यपले सहयोग गर्ने सस्था काईटो र ल्याउनको लागी पहल गर्ने राजेन्द्र के.सी. लाई विद्यालयको तर्फबाट धेरै धेरै धन्यवाद दिनुभएको थियो ।
 

—————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ ।