तरकारी उत्पादन केन्द्र बन्दैछ अर्घाखाँचीको किमडाडा र जगत गाउ

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

 

वीरेन्द्र केसी

अर्घाखाँची –  जिल्लाको किमडाडा र जगत गाउ तरकारी उत्पादन केन्द्र बन्दैछन । जिल्लाको यी गाउका अधिकाश किसानले ब्यावसायिक रुपमा तरकारी उत्पादन हुने गर्छ ।

गाउका सबै किसानले अन्न खेती छाडेर तरकारी खेती गरेका छन । अन्न खेती गरेर चार महिना खान नपुग्ने भिरालो बारीमा तरकारी खेती गरेर यहाका किसानले लाखौ रुपैया आम्दानी गरेका छन । यी गाउको उत्पादित तरकारीले सिगो सदरमुकालाई धानेको छ ।

जिल्लाको किमडाडाका महिला किसान जानका बाजाडेले बाजाडेले भिरालो बरीमा तरकारीबाट वार्षिक रुपमा ५ लाख भन्दा बढी आम्दलानी गर्छिन ।

उनले आफनो दश रोपनी जग्गामा तरकारी उत्पादन गर्ने बताईन । अन्न खेती गरेर खान पुग्दैन तर तरकारीबाट राम्रो फाईदा भएको उनले बताईन । खेत र बारीमा मौसमी तथा बेमौसमी तरकार उत्पादन गर्छु उनले भनिन हिउद र वर्षामा गरी बेमौसमी तरकारी उत्पादन हुन्छ ।

उत्पादित तरकारी किन्न ब्यापारी घरमै आउने गर्छन । वर्षादको बेला उत्पादन भएको तरकारी कृष्णनगर बुटवल कपिलवस्तु सुनौली नाकाबाट भारतसम्म पुग्ने गर्छ । पहाडको तरकारी ताजा र पोषिलो हुने भएकाले तरकारी धेरै बिक्री हुने किसानले बताए ।

उनका अनुसार गाउका सबै किसानले अन्न खेती गर्न छाडेर ब्यावसायीक रुपमा तरकारी खेती गरेका छन । सात वर्ष देखी गाउका सबै किसान तरकारी खेतीमा अबद्ध भएका हुन ।

 जिल्ला कृषि विकासको सहयोगमा तरकारी खेती गर्न शुरु गरेको उनीहरुले गाउलाई तरकारी उत्पादन गाउ भनेर चिनाएका छन । किमडाडा्का किसान पुष्करनाथ बाजाडेले पनि आफनो २० रोपनी भिरालो बारीमा तरकारी खेतीबाट वार्षिक ६ लाख भन्दा बढी आम्दानी हुन बताए ।
 
 आठ वर्ष देखी उनले भिरालो बारीमा ब्यावसायिक तरकारी खेती गरका छन । तरकारी खेतीबाट राम्रो आम्दान्ी हुने उनले बताए ।  भिरालो बारीमा गोलभेडा साग भाण्टा बन्दा गोपी घिरौला लगायतका तरकारी बारीमा उत्पादन भएका छन ।
उनका अनुसार गाउका ६० भन्दा बढी किसमानले ब्यावयायिक तरकारी खेती गरेका छन । अर्का किसान गणेश बाजाडेले पनि तरकारी खतीबाट मनग्य आम्दानी गरेका छन ।

गाउका सबै घर घरमा बाह्रैमास तरकारीका बगैचा ढकमक्क छन । बन्जाडेका अनुसार किमडाडामा मात्रै तरकारीबाट मासिक  डेढ करोड भन्दा बढी भित्रिने गर्छ । सामान्य किसानले पनि वार्षिक रुपमा ७० देखी ८० हजारसम्म आम्दानी गर्ने गर्छन ।

तरकारीको लािग सिचाईको अभाव रहेको किमडाडाका किसानले वर्षादको समयमा आकाशबाट खसेको पनि पोखरीमा सगाउलेर र हिउदमा भैसीको पिसाव हात धोएको कपडा धोएको र भाडा माझेको पनि संकलन गरेर तरकारीमा सिचाई गरेका छन । 

त्यस्तै जिल्लाको सबैभन्दा धेरै तरकारी उत्पादन हुने नरपानीको जगत गाउका पनि एक सय भन्दा बढी किसान ब्यावसायिक तरकारी खेतीमा सकि्रय भएका छन ।
 
युवा किसान गुणनीधि न्यौपानेका अनुसार तरकारीबाट गाउमा मासिक रुपमा एक करोड जति भित्रिने गर्छ । भिरालो बारीमा पनि सबैले अन्न खेती गर्न छाडेर तरकारी खेती गरेको उनले बताए ।

 
तरकारी खेतीबाट सोचे भन्दा बढी आम्दानी भएवपनि विदेश जान छाडेर तरकारी खेतीमा लागेको उनी बताउछन । उनले छ वर्षदेखी तरकारी खेती गरेका छन । मौसमी तथा बमौसमी तरकारीबाट वार्षिक रुपमा ४ लाख जति आम्दानी हुने उनले बताए ।

गाउमा उत्पादन भएको तरकारी संकलन गरेर गरेर सन्धिखर्कमा बिकि्रका लागि लैजाने गर्छन । तरकारिबाट  गाउमा आयअर्जनको सजिलो उपायको रुपमा तरकारी खेती छ ।

कम मेहनेत गरेर धेरै आम्दानी भउपछि गाउका किसान तरकारी खेतीमा आकर्षित भएका  हुन ।
जिल्ला कृर्षि विकास कार्यालयले यी गाउ लाई पकेट क्षेत्र भनि घोषणा गरेको छ । किमडाडा र जगतका किसानले गरेको खेती प्रशम्सनीय रहेको जिल्ला कृर्षि विकास अधिकृत शिव प्रसाद  रीजालले  बताए ।
 
गाउका किसानलाई तरकारी खेतीमा प्रोत्साहन गर्न नया कार्यक्रम साचालन गरिने उनले बताए । किसानलाई बिउ तालिम र प्राविधिक रुपमा तालिम दिईरहेको पनि उनले अर्घाखाँची डट्कम् लाई बताए ।

 

(संचारकर्मी बिरेन्द्र केसी कान्तिपुर दैनिकका लागि अर्घाखाँची सन्धिखर्क स्थित प्रतिनिधि हुनुहुन्छ भने अर्घाखाँची अन्लाईन डट्कम् (टाईम्स)का लागि सहयोगीको रुपमा केही समय देखी सहयोग गर्दै आउनु भएको छ । )
 

—————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ ।