अर्घाखाँचीका गाउगाउमा विमा गर्नेको शख्या बढे्

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

 

वीरेन्द्र केसी

अर्घाखाची जिल्लामा विमा गर्नेहरुको सख्या बढदै गएको छ । कम्पनीहरु गाउमा पुगेर विमा सम्बन्धी जानकारी गराएपछि सख्या बढेको हो । सदरमुकाम भन्दा गाउमा विमा गनर्कोे सख्या तेब्बर रहेको छ ।

जिल्लाका हरेक गाउमा घरैपिच्छे विमा गर्नेहरु भेटिन थालेका छन ।  विमा गाउमा लोकपि्रय बन्दै गएको छ । कम्पनीहरु गाउमा पुगेर विमा सम्बन्धी चेतना फैलाउन थालेपछि दिनप्रतिदिन विमा गर्नेहरु बढदै गएको कम्पनीहरुले जनाएका छन । जीवन भर सुरक्षित र बचत हुने महसुश गरी विमा गर्नेहरु गाउमा बढदै गएका हुन । 

जिल्लामा खुलेका एशियन लाईफ ईन्स्योरेन्स लाईफ ईन्स्योरेन्स कम्पनी नेपाल लाईफ ईन्स्योरेन्स नेशनल अमेरिकन गुरास र प्राईम लगायतका विमा कम्पनीहरुले जिल्लामा शाखा खोलेका छन । उनीहरु गाउगाउमा पुगेर तालिम गोष्ठी चेतनामुलक कार्यक्रम साचालन गरिरहेका छन ।

शरहका वासिन्दाले मात्र विमा गराउने भएपनि पछिल्लो पटक गाउका वासिन्दा तेब्बर हुन पुगेको छ । विमा सम्बन्धी सामान्य जानकारी दिएपछि सामुहिक रुपमा विमा गराउन आउनेको घुईचो लाग्ने गरेको एशिएन लाईफ ईन्स्योरेन्स अर्घाखाचीका प्रमुख माधव पौडेलले बताए ।

उनका अनुसार विमा गर्नेहरु ८० प्रतिशत भन्दा बढी विकट गाउका छन । यसै वर्ष मात्रै गाउका दुई हजारले आफनो कम्पनीबाट विमा गरेको उनले बताए । विमा गर्न वासिन्दा बढी उत्साहित छन उनले भने आर्कर्षित गर्त थप नया लिएर ४२ गाविसको टोल टोलसम्म जाने योजना रहेको छ ।

जिल्लाका विकट र दुर्गम गाउ सिद्धारा जलुके पोखराथोक पाली धातीवाङ्घ डिभर्ना लगायतका गाविसमा घरैपिच्छे विमा गरेकाहरु छन । गाउमा सबैभन्दा बढी घरका ग्रीहण छन । गाउका सामान्य महिला यसमा बढी आबद्ध भएको उनले बताए ।

अर्घाखाचीमा रहेका सात विमा कम्पनीहरुका अनुसार जिल्लामा ३० हजार भन्दा बढीले  विमा गरेका छन । गत वर्ष १० हजार जनाले मात्र विमा गरेका थिए । विमा गर्नेहरु धेरै गाउका महिला छन । विमा गरेपछि भविश्यको फाईदा देखेर विमा गरेकी हरु डिर्भनाकी बसन्ता पौडेलले भनिन पछि एकमुष्ट रकम पाईने र मृत्यु भएमा घरपरिवारले पाईने भएकाले दश वर्षका लागि विमा गरेकी छु । 

एक पटक विमा गरेपछि अनिवार्य बचत दुर्घटनामा मृत्यु भएमा विमा गरेको रकम भन्दा दुई गुणा बढी र बोनश सहज मृत्यु भएमा परिवारले रकम पाउने भएकाले विमा गर्नेहरुको घुईचो लागको छ । बुढेशकालको सहारा सम्झेर ४० वर्षभन्दा माथिका महिलाहरुले ६० प्रतिशत छन । गाउका घर घरसम्म अभिकर्ता मार्फत तालिम गोष्ठी साचालन गरिएको पौडेलले बताए । गाउमा घरदैलो अभियान साचालन गरेपछि विमा गर्नेको सख्या हवात्तै बढेको छ ।

ईन्स्योरेन्सबाट सस्तोमा ब्याजमा श्रुण लिन लिएर आर्य आर्जनका साथै पेशा गर्न पाईने भएकाले विमा गर्नमा आर्कर्षित भएको वासिन्दाहरु बताउछन । नेपालमा साचालन भएका आठ वटा विमा कम्पनीहरु मध्ये सात वटाले जिल्लामा शाखा खोलेर आपनो कार्य साचालन गरिरहेका छन ।
 
विमा कम्पनीहरुले आफुलाई आर्कषित गराउन विभिन्न योजना तथा सुविधा ल्याएका छन । उनीहरुले विमा गराउनको लागि गाउमा समेत सहजकर्ता र अभिकर्ताहरु राख्ने गरेका छन ।

विमा गर्दा २५ हजार देखी क्षमता अनुसारको विमक रकम तोकेर विमा गर्न्रे गरेको कम्पनीहरुले जनाएका छन । गाउमा समेत विमा गर्नेहरुको सख्या बढदै गएपछि पछिल्लो पटक नेपालमा विमा गर्नेको सख्या ५ लाख भन्दा बढी रहेका छ । 

 

संचारकर्मी बिरेन्द्र केसी कान्तिपुर दैनिकका लागि अर्घाखाँची सन्धिखर्क स्थित प्रतिनिधि हुनुहुन्छ भने अर्घाखाँची अन्लाईन डट्कम् (टाईम्स)का लागि सहयोगीको रुपमा केही समय देखी सहयोग गर्दै आउनु भएको छ । )
 

—————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ ।