खडेरी बड्यौ / अर्घाखाँचीमा मुहान सुक्न थाले

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

 

वीरेन्द्र केसी

 

खानेपानीका मुहान सुक्दै गएका छन । जिल्लाका अधिकाश खानेपानी योजनाको मुहानमै पानी सुकेको छ । मुहानबाटै पानी सुक्दै गएपछि स्थानीयले खानेपानीको समस्या भोग्दै आएका छन । प्रत्येक वर्ष खानेपानीको मुहानबाटै पानीको मात्रा घटदै गएकाले यस वर्ष निकै कमी हुन पुगेको छ ।

  जिल्लामा साचालित अधिकांश योजनाको मुहानमा पानी हराउदै गएको छ । पानी मुहानबाटै सुक्दै गएपछि खानेपानीको समस्या टड्कारो रुपमा देखिएको छ । योजनाको मुहान सगै कुवा र पधेरोमा समेत पानी सुकिसकेको छ । मुहानबाटै पानी हराएर गएपछि धारामा पानी नआएर पधेरो र कुवामा समेत एक गाग्री पानी पाईन मुस्किल पर्न थालेको छ । प्रशस्त मात्रामा पानी बग्ने मुहानमा पानी धेरै घटेको छ । मुहान सुक्दै गएपछि धारामा पानी आउन छाड्दा खानेपानी संकलन गर्ने टयाकी धारा र पाईप अलपत्र छन । जिल्लाको अधिकांश गाउ र सदरमुकाममा समेत यो समस्याले उपभोक्ता मर्कामा परेका छन । प्रशस्त खानेपानी प्रयोग गर्न नपाएपछि अधिकाश गाउमा अडकलेर पानी खाने गर्छन । 

जिल्लाका ८० प्रतिशत जनसख्याले पाईपबाट ल्याईएको पानी प्रयोग गर्दै आएका छन । खानेपानीका ठुला मुहान सुकेर कम भएका छन भने साना मुहानमा पानी नै छैन । जलवायु परिवर्तको असरले खानेपानीका मुहान सुक्दै गएका हुन जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका डिभिजन प्रमुख श्रवण कुमार उपाध्यले भने मुहान मै पानी छैन । अधिकाश योजनाका मुहानमा पानी आउन छाडेको छ उनले भने ठुला मुहानमा समेत पानीको मात्रा निक घटेको छ । यस्तै हो भने अर्घाखाचीमा सात आठ वर्षमै एक थोपा पानी नै पाईदैन उनले भने स्थित भयावत हुने संकेत देखिएको छ । गाउका ठुलो पानी बग्ने खोलामा समेत पानी छैन । जलवायु परिवर्तनको असरले पानीका मुहान सुक्दै गएका हुन यसले ठुलो संकट पार्ने संभावना छ ।   यस जिल्लामा खानेपानीका मुहान पनी निकै कम छन ।
 
पाच वर्ष देखी मुहान बढने पानी नै आकाशबाट पर्न छाडेको छ । वर्षामा सात दिन सम्म ठुलो झरी लागेपछि पानीका मुहान बढेपछि हिउद सम्म पानीको कमी हुने थिएन तर पाच वर्ष भयो आकाशबाट ठुलो पानी आउन छाडेको वागीका ७० वर्षीय विष्णु प्रसाद भुसालले भने वर्षामा ठुलो झरी लाग्ने जताततैबाट पानी निस्कने खोल्सा खाल्सीमा पानी भरिभराउ हुन्थ्ो झमझम महिना दिनसम्म एकनासले भरी लाग्थ्यो खोला बढेर तर्न सकिदैनन्थ्यो उनले भने आजभोली वर्षामा समेत खोलामा पानी हुदैन । जसले अन्न उत्पानमा समेत घट्न पुगेको छ ।

खानेपानी समस्याबाट सबैभन्दा बढी घरका गृहणीलाई समस्या पर्ने गरेको छ । बल्कोटकी चुमा पौडेल पानीको समस्याबारे भन्छिन मुहानमा पानी देखिदैन एक गाग्री पानी खोज्दै दुई तीन घण्टा धाएर पधेरोमा धाउदा समेत पाईन छाडेको छ । पधेरोमा पनि पानी सक्दै गएको छ । सदरमुकाममा आउने खानेपानीका मुहान सुकेका छन ।
 
सन्धिखर्क खानेपानी उपभोक्ता समितिका अध्यक्ष धर्मराज अधिकारीका अनुसार मुहानमा पानी सकेपछि संकट देखिन थालेको छ । पाच वर्षयता प्रत्येक वर्ष विस्तारै मुहानमा पानीको मात्रा घट्दै गएको छ ।
 
जलवायु परिवर्तन जमिनमा पानीको मात्रा नहुनु यसको समस्या हो भने धमाधम वन जंगल फडानी भएको र जंगल भित्रबाट जताततै मोटरबाटो खन्न डोजर स्काभेटर प्रयोगले रुख काटिदै जादा धेरै जमिन खन्दा मुहान सुक्दै गएको खानेपानी कार्यालयले जनाएको छ ।

जिल्लामा वर्षेनी करोडौको  लगानीमा खानेपानीका योजना सम्पन्न गरेर गाउमा खानेपानीका धारा जडान गरेपनि हिउदमा मुहान सुकेपछि समस्या उस्तै छ । जिल्लामा यस वर्ष खानेपानी कार्यालयबाट ३ करोड ६ लाख जिविसबाट ७० लाख र अन्य गैर सरकारी संघ सस्थाबाट पानी लाखँैको लगानीका योजना सम्पन्न भईरहेका छन । जिल्लाको सबैभन्दा शुरुमा सम्पन्न भएको ढाकावाङमा सम्पन्न सिस्ने खोलाको खानेपानी योजनामा समेत मुहान सुकेको छ । जिल्लाको जलुके गाविसको जुवाकोटका १७ घरपरिवारले पानी चोरी रोक्न कुवामा ताल्चा लगाएर ३२ गाग्री पानी बाडेर खादै आएका छन । जिल्लाको बल्कोट केरुगा र चिदिका गाविसका आउने जिल्लाकै ठुलो खानेपानी योजनाको मढेलचौर मुहान पनि सुकेको छ ।

धारामा पानी आउन छाडेपछि तीन गाविसका ३० हजार जनसख्या प्रभावित भएका छन । दुई वर्षदेखी मुहाबाट पानी पल्तालिएपछि खानेपानीको समस्या छ । जिल्लाका करिब दश हजार खानेपानी योजना मध्ये अधिकाश खानेपानी योजनामा मुहान सुक्दै गएपछि खानेपानीको समस्या देखिएको छ । पाच वर्षदेखी खानेपानीका मुहान सुक्दै गएका छन ।

सदरमुकाममा आउने जिल्लाको माटे खोला खाची खोलाको मुहान पनी सकेको छ । एक व्यक्तिलाई प्रत्येक दिन ६० लिटर पानी आवश्यक परेपनि खानेपानी अभावमा २० देखी ३० लिटर पनी छैन । जिल्लाको वागी हंसपुर छत्रगाज अर्घा लगायत सबै गाविसमा खानेपानीका मुहन सुकेपछि स्थानीय वासिन्दाले समस्या भोग्दै आएका छन । 

 

संचारकर्मी बिरेन्द्र केसी कान्तिपुर दैनिकका लागि अर्घाखाँची सन्धिखर्क स्थित प्रतिनिधि हुनुहुन्छ भने अर्घाखाँची अन्लाईन डट्कम् (टाईम्स)का लागि सहयोगीको रुपमा केही समय देखी सहयोग गर्दै आउनु भएको छ । )
 

—————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ ।