चन्दासगै शिक्षाको ज्योती फैलाउदै अर्घाखाँचीकी चित्रकलाको कथा

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

 

वीरेन्द्र केसी

 

शिक्षाको बिकास र ज्योती फैलाउन लागि सन्धिखर्ककी चित्रकला खनालले सदरमुकामको युवा वर्ष मावि हटारीनेटालाई दश लाख रुपैया प्रदान गरेकी छन ।

सानैमा पढन नपाएकी उनले गाउका बालबालिकाले राम्ररी पढेर सुन्दर भविस्य बनाउन सकुन भन्ने उद्देश्यले सहयोग गरेकी हुन । सन्धिखर्कमा बस्ने उनले शिक्षाको ज्योती फैलाउने मुख्य उद्देश्य रहेको बताईन । 

उनी विगत दश वर्षदखी जिल्लामा समाजसेवा मात्रै गर्दै आएकी छैनन ििवद्यालयको कक्षामा गएर समेत पढाई र उज्जवल भविश्यको बारेमा विद्यार्थीलाई सचेत पर्ने अभियानमा लागेकी छन । उनले विद्यालयमा गएर कक्षा दिने  गरेकी छन ।

 दुख गरी सँगालेको  पैसा उनले विद्यालयलाई दिएकी हुन । जिल्लामा उनलाई दानवीर चित्रकला भनेर चिन्छन  । पैसाले मात्रै काम गर्न सक्दो रहेनछ उनले भनिन शिक्षाको खाचो रहेछ । मैले नपढेपनि गाउका वालवालिकाले सजिलै पढन पाउन भनेर विद्यालयलाई रकम दिएको उनी बताउछिन ।

७१ वर्षीय खनालले भनिन केही वर्ष अघि सन्धिखर्कको बगैचामा खुला चौरमा पढाएको देखे यसरी दुख पाएर पढदा मेरो मन रोयो त्यतीबेला सहयोग गर्ने मन भएपनि पैसा थिएन । विवाह गरेको ४ वर्षमै पति रविको चिउरीको रुखबाट लडेर मृत्यु भएपछि साह्रै दुख पाए उनले भनिनएक छाक आटे खान माईत र गाउले कहा जान्थे छोरालाई आधा पेट खाएर कहिले भोकै दिन काटेर पढाएकी हु मैले र मेरो छोराले जस्तै पढन कुनै बालवालिकाले दुख नपाउन राम्ररी पढेर ठुलो मान्छे बनुन भनेर विद्यालयलाई सहयोग गरेको बताईन ।

 श्रीमानको मृत्युपछि उनले एक मात्र छोरा डिआरलाई तोरीको तेलको ब्यापार गरेर स्नाकोत्तर सम्म पढाएको बताईन । उतीबेला पढने भन्ने थिएन तै पनि हामि जस्ता गरिबले पढने कल्पना पनि हुदैनथ्यो खनालले भनिनअक्षर चिन्न सक्दैन ।

मैले पढन नपाएपनि भावि सन्ततीले पढेर देशको उच्च स्थानमा पुगेर विकास गरुन र भविश्य बनाउन भन्ने मेरो अन्तिम ईच्छा छ उनले भनिन । उनले विद्यालयमा बेलाबेलामा गएर विद्यार्थीलाई दुख सुख र भविश्यको बारेमा सिकाउने गर्छि्रन ।

जसरी दुख पाएर भएपनि पढनुपर्छ भविश्य राम्रो छ भनेर भन्छु उनले भनिन कक्षामा गएपछि विद्यार्थी पनि खुसी हुन्छन । नपढे भविश्य नै अन्धकार रहेछ ।
शिक्षाको ज्योती फैलाउदै हिडेकी उनले सबैले पढनु पर्छ सबै शिक्षित हुनुपर्छ भन्दै विद्यालयमा हिडने गरेको उनले बताईन । घरको सम्पत्ती उनले ३५ सालमा बेच्दा दश हजार मात्र परेको बताईन ।
खाई नखाई सगालेर राखेको पैसा विद्यालयलाई सहयोग दिएको उनले बताईन । अहिले छोराले सहयोग गर्ने पनि उनले बताईन । विवाह गरेको चा वर्षपछि श्रीमानको मृत्यु भयो उनले भनिनएक वर्षपछि रातो पहिरन लगाए ।

०१९ सालको अन्दोलनमा रातो पहिरन लगाए उनले भनिनश्रीमान सगको नाता पछि जोडेको नाता होचुरा िसंन्दुर र पोते लगाउन श्रीमानको नाममा अरु सबै फुकाए ।

सहयोग हस्तान्तरण समारोहमा उनले रकमले बिद्यार्थीको उज्वल भविष्यको लागि सहयोग पुग्ने बिश्वास ब्यक्त गरिन । विद्यार्थीले राम्ररी पढनमा सहयोग पुगेस भनेर दिवंगत पति रबीको नाममा रकम दिएकी उनले यस अघि पनि उक्त विद्यालयलाई ७ लाख रकम सहयोग गरेकी थिईन ।  रकम मात्रै नभएर विद्यालयलाई अन्य सहयोग पनि गरेकी छन ।

सात वर्ष देखी उनले विद्यालयलाई सहयोग गर्दै आएकी छन । सात वर्ष देखी उक्त विद्यालयलाई २५ वटा फामका कुर्ची १ दराज ३० हजारका कुर्ची १३ वटा कम्मल ७ वटा कम्युटर अन्य आर्थिक सहयोग पनि गरेकी छिन । दुई वर्ष अघि पनि दुई लाख दिईसकेकी छिन ।

युवा वर्षलाई मात्रै नभएर उनले जिल्लाका अन्य विद्यालयलाई पसिन यस्तै सहयोग गरेकी छन । जिल्लाको धनचौर माविलाई ५० हजार जनता मावि असुरकोटलाई २० हजार तुम्कोट प्राविलाई २५ हजार पार्वती निमावि वाङलालाई ५ हजार र सन्धिखर्कको कवर्ड हल निर्माणलाई ५० हजार सहयोग गरेकी छिन ।

मैले रकम दिएका विद्यालयका विद्यार्थीले विश्वमा पहिलो होउन र देश चलाउन प्रेरणा मिलोस उनले भनिन ।
उक्त विद्यालयमा सदरमुकाम नजिक सन्धिखर्क चुत्रावेशी हटारी वाङला लगायतका गाविसका विद्यार्थी पढन आउछन । विद्यालयमा सात सय भन्दा बढी विद्यार्थी अध्यनरत छन । पढाईमा यो  जिल्लाकै उत्कृष्ठ विद्यालय हो ।

उनले दिएको रकमले विद्यालय साचालन गर्नमा ठुलो टेवा पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मराज अधिकारीले बताए । धेरै रकम दिएपछि विद्यालयको नाम पनि परिवर्तन हुने भएको छ । अब विद्यालयको नाम परिवर्तन गरि युवावर्ष रविचत्रि मावि हुने भएको अध्यक्ष अधिकारीले बताए ।

उनले दिएको उक्त रकम बैकमा राखेर ब्याजले शिक्षकलाई तलव र भवन निर्माण गरिने विद्यालयका प्रअ प्रेम नारायण भुसालले बताए । गुणस्तर शिक्षा बनाउन थप मद्दत पुगेको उनले बताए ।

विद्यालयमा यती धेरै रकम दिने उनी पहिलो व्यक्ति हुन । चित्रकलाले दिएको उक्त रकमले हामिहरुलाई हौसला दिएको छ विद्यार्थी सृजना भटराईले भनिन अझ गुणस्तरीय पढाई हुनुपर्छ ।

  उक्त विद्यालयले प्रत्येक वर्ष जिल्लाकै उत्कृट अक ल्याउदै आएको छ । जिल्लाकै नमुना विद्यालय बन्न सफल उक्त विद्यालयबाट हरेक वर्ष एसएलसी परीक्षमा विशिष्ट श्रेणी सहित प्रथम श्रेणीमा उत्तीर्ण हुदै आएका छन ।

गाउबाट समेत उक्त विद्यालयमा छोराछोरी पढाउन प्रतिशप्रर्धा हुने गर्छ । सामुदायिक विद्यालय तर्फ गत वर्षको एसएलसीमा सबै विद्यार्थी विशिष्ट श्रेणीमा उत्र्तीण भएपछि पश्चिमााचलमै पहिलो स्थान ओगटन सफल भएको थियो । 

 

(संचारकर्मी बिरेन्द्र केसी कान्तिपुर दैनिकका लागि अर्घाखाँची सन्धिखर्क स्थित प्रतिनिधि हुनुहुन्छ भने अर्घाखाँची अन्लाईन डट्कम् (टाईम्स)का लागि सहयोगीको रुपमा केही समय देखी सहयोग गर्दै आउनु भएको छ । )
 

—————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ ।