अर्घाखाँचीको गाउगाउमा गिरिजा बाबुको सम्झनामा शोक सभा

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

 

वीरेन्द्र केसी

 

पुर्व प्रधानमन्त्री एवं सभापती गिरिजा प्रसाद कोईरालाको निधनमा काग्रेसले जिल्लाको गाउगाउमा शोक सभाको आयोजना गरेको छ । जिल्लाका ४२ वटै गाविसको सबै गाउमा शोकसभा गरिएको छ । जिल्लाको ठुलापोखरा डिभर्ना लगायतका गाविसमा शोकसभा सम्पन्न भएका छन ।

शोक सभामा जिल्ला स्तरीय नेता गाउमा पुगेका छन । कोईरालाको निधनले पाटीलाई ठुलो क्षेती भएको चन्दै स्थानीय कार्यकर्तालाई सान्तना दिन काग्रेसले अभियानको रुपमा शोकसभाको आयोजना गरेको हो । शोकसभामा स्थानीय कार्यकर्ताले काग्रेसलाई अझ बलियो नबनाए देशमा लोकतन्त्र समाप्त हुने भएकाले यसमा सजक हुन नेतृत्व तहलाई सुझाव दिएका छन । 

गाउमा काग्रेसका जिल्ला सभापती पीताम्बर शर्मा उपसभापती विष्णु मुस्कान लगायतका जिल्ला स्तरीय गाउमा पुगेका छन । जिल्लाका ४२ वटै गाउ कार्य समितिमा शोक पुस्तिका राखिएको छ । १३ औ दिनमा सदरमुका सन्धिखर्कमा विशाल शोक सभा गर्ने वरिष्ठ जिल्ला उपसभापती विष्णु मुस्कानले बताए । कोईरालाको निधनले गाउ शोकमा डुबेको छ ।

देशकै अभिभावक गुमाउन परेको अवस्थामा कोईरालाको विचारलाई कार्यान्यन गरेमा सत्ता श्रुद्धााजली हुने ठुलापोखराका काग्रेस कार्यकर्ता ज्ञान प्रसाद पाण्डेले बताए । स्थानीय गाउले ले कोईराला देशकै अभिभवक भएकाले देशमा संविधान निर्माण स्थायी शान्ती कायम हुन सके कोईरालाको सपना साकार हुन सक्ने बताएका छन ।

 

(संचारकर्मी बिरेन्द्र केसी कान्तिपुर दैनिकका लागि अर्घाखाँची सन्धिखर्क स्थित प्रतिनिधि हुनुहुन्छ भने अर्घाखाँची अन्लाईन डट्कम् (टाईम्स)का लागि सहयोगीको रुपमा केही समय देखी सहयोग गर्दै आउनु भएको छ । )
 

—————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ ।