दोषी प्रहरी जवान कार्यालय बाटै फरार/दोस्री श्रीमती अर्घाखाँचीमा एसएलसी दिदै

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

-गणेश खनाल

अर्घाखाँची १४ चैत – घरमा दुईभाई छोरा र एकमहिनाको सुत्केरी श्रीमति छँदाछँदै एक किशोरीलाई छक्याएर विबाह गर्ने गुल्मीको मुसिकोट घर भएका एक प्रहरी जवान दुवै श्रीमतिलाई छोडेर बेपत्ता भएका छन् ।

 एक महिनाको सुत्केरी श्रीमतिलाई छक्याँउँदै गोप्य रुपमा दोश्रो विबाह गरेका मुसिकोट ९ कुखुरापोले निबासी  प्रहरी जवान सुवास परीयार जेठी श्रीमतिले प्रहरीमा उजुरी दिएपछि  जिल्ला प्रहरी कार्यालय भैरहवाबाट फरार भएका हुन् ।

पाँच वर्षको जेठो छोरा र एक महिनाको शिशु भएकी बडागाउँ मैदान माईत भएकी जेठी श्रीमती मिरा परीयारललॆ श्रीमानले दोश्रो बिबाह गरेर आफूलाई बेवास्ता गरेको उजुरी प्रहरीमा दिएपछि सुवास गत चैत्र ९ गते फरार भएका हुन् । आफू सुत्केरी भएको एक महिनामै दोश्रो केटी विहे गरेको थाहा पाएपछि प्रहरीमा उजुरी दिएको र उजुरी दिएपछि भागेको उहाँले बताउनुभएको छ  ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको महिला सेलमा उजुरी गरेपछि प्रहरी जवान सुवास फरार भएका हुन् । ९ गते साँझदेखि सुवास प्रहरी कार्यालयमा सम्पर्कमा नरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक छविलाल बाजाडेले बताउनुभयो ।  यता अर्घाँखाँचीमा एसएलसी परीक्षा दिईरहेकी सुवासकी दोश्रो श्रीमति हुन पुगेकी युवतीले आफ्नो गर्भमा सुवासको ३ महिनाको गर्भ रहेको कारण आफूले दोश्रो विबाह गर्न बाध्य भएको बताउनुभयो ।
 
आफू परीक्षामा भएको बेला श्रीमान फरार भएको र जेठी श्रीमतीले हप्काउन थालेपछि चिन्ताले परीक्षामा समेत बाधा परेको उहाँले बताउनुभयो ।  एकमहिना अघिमात्र सुत्केरी छोरीलाई भेट्न गएकी मिराकी आमाको उनकै काखमा मृत्यू भएको थियो । मिराका बुबा बालकृष्ण परीयारले सुत्केरी छोरीलाई धोका दिएर दोश्रो विबाह गर्ने ज्वाईँ सुवासलाई तत्काल पक्राउ गरी कार्बाही गर्न सम्बन्धित निकाय समक्ष माग गरेका छन् ।

 

—————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ ।