यौन सम्पर्क गर्न नदिएको भन्दै कुटाइ खाएकी एक किशोरीले गुल्मीमा दिईन उजुरी

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

-गणेश खनाल

अर्घाखाँची १४ चैत –  पन्ध्र  वर्षिय किशोरीले यौन सम्र्पक गर्न नदिएको झोकमा गुल्मीको हस्तीचौरमा एक यूवकले उहाँलाई निर्घात कुटपिट गरेका छन् । हस्तीचौर गाविस २ निबासी २३ वर्षिय विष्णु विष्टले सोही गाविस वार्ड नं २ कै एक युवतीलाई लाई बलत्कार प्रयास असफल भएपछि कुटपिट गरेका छन् ।

गाउँमा हिडीरहेको समयमा विष्टले आफूलाई लतारेर जंगलमा लैजान लागेको र नमानेपछि कुटपिट गरेको भन्दै पिडीत किशोरीले आज जिल्ला प्रहरी कार्यालय र ईन्सेक गुल्मीमा उजुरी दिनुभएको छ । उहाँले यसभन्दा पहिला पनि आफूलाई पटक पटक एकान्तमा भेटेर जिस्क्याउने गरेको बताउनयभो ।

 कुटपिटका कारण   पिडीत किसोरीको अनुहार र घाँटी सुनिएको छ । घाँटी दुखेको कारण खाना खान समेत अप्ठ्यारो भएको उहाँले बताउनुभयो  ।  जवर्जस्ती गर्ने क्रममा नमानेपछि आफ्नो घाँटी च्यापेको र चिच्याएपछि  डोजर चालकले देखेर मेरो उद्दार गर्नुभयो उनलॆ रुदै दुखेसो पोखीन  ।

जवर्जस्ती गर्न खोजेपछि म चिच्याएँ  ती ड्राईभरले नहप्काएको भए सायद म लुटिने थिएँ । उनले भनिन् । आफू घरमा आएर पिडीत किशोरीलाई कसैलाई कसैलाई उजुरी दिएमा ज्यानमार्ने धम्की दिएको र सोधपुछ गर्न गएकी दिदीलाई समेत निजले कुटपिट गरेको उनले बताईन् । उता गुल्मी प्रहरी कार्यालयका अनुसार घटना भएको बताउदै थप अनुसन्धान जारी रहेको बताएको छ । 

—————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ ।