रिडि-बल्कोट-सन्धिखर्क सडकखण्डको खज्र्याङमा पुल बनेपछि स्थानीयबासीमा खुसियाली

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

सन्धिखर्क, अर्घाखाँची – अर्घाखाँची र गुल्मी जिल्लाको सिमानास्थित खज्र्याङ खोलामा मोटरसमेत चल्ने पक्की पुल बनेपछि स्थानीय बासिन्दामा खुसियाली छाएको छ ।

स्थानीय पूर्वाधार विकास तथा कृषि सडकअन्तर्गत सामुदायिक पुल कार्यक्रमको २ करोड ६८ लाख ३५ हजारको लागतमा रिडि-खज्र्याङ-बल्कोट-सन्धिखर्क सडकको मध्यखण्ड खज्र्याङमा पुल निर्माण भएपछि स्थानीय बासिन्दामा खुसियाली छाएको हो ।

वि.सं.२०६४ मा शिलान्यास गरिएको सो पुल हिम्दुङ एन्ड ठोकर धमेन्द्र निर्माण सेवा र एनबी लक्ष्मी कन्स्ट्रक्सन्ले संयुक्तरुपमा निर्माण गरेका हुन् ।

पुलको अभावमा वर्षात्को समयमा बाढी आउँदा यातायात बन्द हुने गरेको यस सडकमा अब नियमितरुपमा यातायात साचालन हुनेभएको छ ।

पुल निर्माण भएपछि रोल्पा प्यूठान अर्घाखाँची गुल्मी पाल्पा स्याङ्जा पोखरा हँुदै काठमाडौँसम्म आवतजावत गर्नका लागि पहाडी क्षेत्रको सबैभन्दा लामो मध्य पहाडी मार्ग तयार भएको छ ।

पैतालीस दशमलव पैसाठी मिटर लम्बाइ र पाँच मिटर चौडाइको सो पुलमा १० टन क्षमतासम्मका सवारीसाधन साचालन गर्न छुट दिइएको छ ।

—————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ ।