मुम्बई – प्रियङ्का चोपडालाई रेस – २ का निर्माताले आठ करोड(भारु पाँच करोड) रुपैयाको प्रस्ताव गरेका छन्। यस चलचित्रबाट दिपिका पादुकोण छ दिनको सुटिङ्ग गरेपछि अलग भएकी थिइन्। नयाँ हिरोइनको खोजीसँगै प्रियङ्कालाई ठूलो अफर आएको हो।
तर प्रियङ्काले भने यस प्रस्तावका सम्बन्धमा अहिलेसम्म कुनै निर्णय लिइसकेकी छैनन्। यो रकम उनको बजार भाउभन्दा धेरै बढी मानिएको छ।
दिपिका पादुकोण।
दिपिकाले अचानक आफ्नो समयअभावको समस्या देखाउँदै उक्त चलचित्र छाडेकी थिइन्। उनको यस निर्णयबाट सबै चकित भएका थिए। किनभने निर्माताले यसबाट नोक्सन बेहोर्न पर्यो। अब दिपिकाले गरिसकेको छ दिनको सुटिङ फेरि दोहर्याउनुपर्ने भएको छ। यसका लागि सम्पूर्ण कलाकारको पुन समय लिँदा फिल्म खर्चिलो हुँदै गएको हो।
चलचित्रका निर्माता रमेश तौरानी कानुनी मद्धत लिने बारेमा समेत विचार गरिरहेका छन्। दिपिकाले रजनीकान्तको चलचित्र भेटाएपछि यो फिल्म छाडेको बताइएको छ। –
दिपिका पादुकोण।
-एजेन्सी