मेरि प्रिय आमा


-सन्तोष न्यौपाने
छत्रदेव -५ छत्रगञ्ज ,अर्घाखाँची 
आमा हेर्दा अनी सुन्दा एउटा सानो शब्द जस्तो लाग्छ तर मैले जाने अनुसार यो त संसारको सबैभन्दा ठुलो शब्द रहेछ।
म यदि आमाको बारेमा लेख्न थाल्ने हो भने यो संसारको सबै पन्ना कम पर्नेछ । सानो हुंदा कसैले हेप्दा आमालाई भन्दिन्छु भन्थें,आज त आमापनि मेरै सहारामा धड्किनुहुन्छ । 
जीवनमा पहिलोपल्ट आफ्नै पैतालाले मेरो शरीर थाम्दा,मेरा कलिला पैतलाले मेरो आमाको कोख महसुस गरे होलान आँखाको आँसु भने कहिल्यै  महसुस गर्न सकिन।सायद मेरो सुकेको आँखाको  नानिमा त्यहि आसुले मुल फुटायो क्यारे,आमाको घाँटी सुक्खा छ भन्ने कहिल्यै महसुस भएन । 
मेरा सपना पूर्ण भएको हेर्ने सपना देख्ने हजुरको सपनालाई विपनामा अनुवाद गर्न सपना देख्ने म, हजुरका अन्य सपनाचाहिँ कहिले देख्न सकेन खै ! सायद हजुरले आँखामा दुखको बाढी आएर पहिरो जाँदा मेरा आँखामा पट्टी बाँधेर लुकाछुपी खेलाउनुहुन्थ्यो । 
सानो छँदा घरको डोरामा खेल खेल्दा सधै मैले जित्थे रे , हुन त मेरो खुसीका लागि जानीबुझी हार्नेसँग हार्न कहाँ सकिन्छ र ! 
छ ठुलो सपना मेरो आमालाई हँसाउने।
मेरो ओठमा मुस्कानको मूल फुटाउन तपाईंले आफ्ना आँखाका डिलबाट मूल फुटाउनुभयो तर तपाईंले गालामा आँसुका रेखा शिवाय केही देखाउनुभएन, म भने कण्ठ च्यातिने गरी रोहि रहे हजुरलाई यातना दिइरहें।  
हरपल अघाएर टम्म पर्ने पेटले कहिल्यै अन्दाज पनि गर्न सकेन हजुरको भोको पेटको बारेमा । हजुरको मौन स्नेहलाई शब्दमा खोज्नु मेरै कसुर थियो अनि हजुरको मुटुमा धड्किने मेरो नामलाई हजुरका ओंठमा । सानोमा तातेताते भनेर हिड्न सिकाउनुभयो, आज असल मार्गमा अनि त्यो सगरमाथा चढ्न सिकाउनुहुन्छ ।
हजुरले पहिलोपटक आफ्नो काँधमा बोकेर मलाई संसार देखाएको गुनदेखि लिएर मलाई अर्काले अन्तिमपटक काँधमा बोकेर लैजाँदासम्मको मिहिनेतको ऋण तिरीरहने छु आमा ! त्यसैले त आजभोली हजुरको याद र महसुस मा दिन बित्दै छन्। यादले नै भिज्यो आँखा या भिजेपछी याद आयो ! तर यति भन्न सक्छु आँखा पुछ्ने कोहि   नहुदा फेरि हजुरको याद आयो!  समय र परिस्थितिले दुरि टाढा पारे पनि हिर्दय र माया ममताले दुरि कम हुदो रहेछ ।
मेरि आमा तिमी किन यति प्यारी बन्यौ खै  !कलिलै उमेरमा  विहे गरेर कलिलै उमेरमा विदुवा भएकी तिमी , आफ्ना सबै इच्छा आंकक्षा र सपना गौढ राखेर ! सन्तान कै खुसी र प्रगतीको लागि  सबै चुनौती संग सिघौरी खेल्दै यो अवस्था सम्म ल्याइपुरायौ !! तिम्रो यो स्वार्थ विनाको योगदान लाई म कसरि ऋण तिरु आमा। तिमिलाई नदेखेरै महशुस गर्न सक्छु तिम्ले मलाई गर्ने माया र तिम्ले मलाई दिएको आशिर्वाद । 
तिमी त मलाई संसार देखाउने ,ए हैन हैन  संसार सँगै प्रत्येक मोडमा बाटो देखाउने मान्छे! तिम्ले मेरो लागि गरेका त्याग र बलिदान ,अनि तिम्ले दिएका प्रत्येक मार्गदर्शन ,जस्ले म आज निर्धक्क “म” बनेको छु तिमी छौ भन्नु नै म छु !!तिमी नै मेरो अस्तित्व मान्छु त्यसैले त,आमा तिम्रो सन्तान हुनु मै आफुलाई भाग्यमानी ठान्छु।
म बुज्ने हुँदा सबै फरक पाए, अरुका आमा सबै हास्दा मेरि आमा रुदै हुन्थिन। अरुका आमा सँग एउटा लोग्ने मान्छे हुँदै गर्दा, मेरि आमा एक्लै हुन्थिन ।म बुज्ने हुदा सबै फरक पाए…अरुका आमा हरु रातो टीका र रातो सारिमा सजिदा, मेरि आमा हरियो धोती खालि निधार अनि खाली हातमा मेलामा कजिन्थिन।अरुका आमा मीठो मसिनो खादै गर्दा, मेरि आमा भोकै बसि मलाई जाउलो पकाउन्थिन।
म बुज्ने हुँदा सबै फरक पाए ,तेहि समाजमा अरुका आमा खुसी ले नच्दा,तेहि समाजमा मेरि आमा हेला मा बाच्थिन अरुको हात कहिले बाबुले समाउथे त कहिले आमाले। तर मेरो हातमा सधै आमाको हात कहिले फेरिएन । म बुज्ने हुदा सबै फरक पाए।
कुनै ठाँउमा नअटाउने हजुर को छोरो जति ठुलो भए पनि हजुर को  काखमा सधै अटाउछ, किन कि त्यो काख हैन !!
 त्यो मेरो संसार हो आमा !
[लेखक – सन्तोष न्यौपाने
छत्रदेव -५ छत्रगञ्ज, अर्घाखाँचीका  हुनु हुन्छ। ] 

अन्य समाचारहरु