रास्वपाकाे निर्णय : ढाकाकुमारलाई पार्टीको साधारण सदस्य र सांसद पदबाट निष्कासन , विन्दबासिनीलाई सांसद बनाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्य र सांसद पदबाट निष्कासन गरेको छ । २ कराेड अडियाे काण्डमा उनकाे नाम मुछिएपछि पार्टीले साधारण सदस्य र सांसद पदबाट निष्कासन गरेको हाे ।

तस्बिर : इमेज

सो पार्टीको आज बसेको बैठकले सांसद पद खारेज गरी रिक्त ठाउँमा विन्दबासिनी कंसाकारलाई निर्वाचित गर्ने निर्णय समेत गरेको छ । बैठकपछि पत्रकार सम्मेलनमा रास्वपाका सभापति लामिछानेले बैठकमा श्रेष्ठले रकम मागेको सम्बन्धी अडियो आफ्नाे नभएको जिकिर गरेको बताउनु भयाे । व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको अडिओ बाहिरिएपछि पार्टी कार्यालय बसेको केन्द्रीय समितिको बैठकले सांसद श्रेष्ठलाई साधारण सदस्य समेत नरहनेगरी निष्कासित गरेको हो ।

वन डढेलो नियन्त्रणको लागि डिभिजन वन कार्यालय अर्घाखाँचीको अनुरोध ।