अर्घाखाँचीका नयाँ प्रहरी प्रमुखद्धारा संचारकर्मीहरुसँग अन्तरक्रिया, अपराध नियन्त्रणको निम्ति कुनै कसर बाँकी नराख्ने भनाई

शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख माधव बुढाथोकीले अपराध नियन्त्रणको निम्ति कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ ।
प्रहरी नायब उपरीक्षक बुढाथोकीले जिल्लामा पहिलोपटक प्रहरी प्रमुखको जिम्मेवारी समाले पछि आयोजित अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्दै शान्ति सुरक्षा,अमन चयन ,सुशासन र अपराध नियन्त्रणमा आफुहरु अहोरात्र खट्ने बताउनुभयो । जिल्लामा आत्महत्या बिकराल समस्याको रुपमा रहेको भन्दै उहाँले आत्महत्या हुनुको कारण पहिचान गरि नियन्त्रणको निम्ति प्रभावकारी कदम चाल्ने बताउनुभयो ।
सिमित साधन र श्रोतका बीच पनि नेपाल प्रहरीले बिश्व समुदाय बिच छुट्टै पहिचान बनाएको बताउँदै उहाँले सरकारको निर्देशन र जनताको भावना बुझेर उच्च मनोबलका साथ प्रभावकारी रुपमा काम गर्ने बताउनुभयो ।
प्रहरी नायव उपरीक्षक बुढाथोकीले जनताको पिरमर्का र गुनासो लाई सरल र सहज रुपमा समाधान गर्ने बताउनु भयो । नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हिमबहादुर जि.सी.लेकालीको अध्यक्षता र प्रहरी निरिक्षक रामनारायण गुप्ताको संचालनमा सम्पन्न कार्यक्रममा पत्रकार महासंघका प्रदेश सदस्य शोभाखर पन्थी ,प्रेमनारायण आचार्य,अशोक खनाल , जिल्ला उपाध्यक्ष गणेश खनाल ,प्रेस युनियनका सभापति बीरेन्द्र के.सी., प्रगतिशील पत्रकार संघका केन्द्रीय सदस्य श्यामप्रसाद घिमिरे ,नेपाल टेलिभिजनका संवाददाता मुक्तिनाथ भुसाल ,कान्तिपुर टेलिभिजनका संवाददाता रुद्रमणि भुसाल ,रेडियो अर्घाखाँचीका स्टेसन म्यानेजर ग‍ोपालप्रसाद भट्टराई ,रेडियो मालारानीका स्टेसन म्यानेजर नवीन के.सी. लगायतका वक्ताहरूले मन्तव्य राख्दै जिल्लाको शान्ति सुरक्षा र सुशासनको निम्ति प्रहरीले खेलेको भुमिका प्रसंसनीय भएको बताए ।

अन्य समाचारहरु