गल्ती स्वीकार नगर्ने पार्टीसँग एकता सम्भव छैनः माधव नेपाल

  जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाचीद्वारा जनहितमा जारी सन्देश !   

सिन्धुपाल्चोक। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मन र विचार मिल्नेसँग गठबन्धन हुन सक्ने बताएका छन्।

मेलम्चीमा आज आयोजित पार्टीको जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले देशको आर्थिक अवस्था सुधारका लागि विचार मिल्ने पार्टीबीच एकता हुने उल्लेख गर्दै आर्थिक अवस्था मजबुत बनाउनका लागि एकजुट हुनुपर्नेमा जोड दिए।

गल्ती स्वीकार नगर्ने पार्टीसँग एकता सम्भव छैनः माधव नेपाल

अध्यक्ष नेपालले गल्ती स्वीकार नगर्ने पार्टीसँग एकता सम्भव नरहेको बताए। “आफ्नो गल्ती महसुस नगर्ने, गल्ती स्वीकार गर्न नसक्नेहरूसँग गठबन्धन हुन सक्दैन”, उनले भने।

गणतन्त्र जोगाउँदै संविधानको रक्षा गर्न विचार मिल्ने पार्टीबीच अहिलेको गठबन्धन बनेको उल्लेख गर्दै अध्यक्ष नेपालले भने, “देशको वर्तमान अवस्थालाई ध्यानमा राखी अहिलेको गठबन्धन बनेको हो। संविधानको रक्षा, देशको अर्थतन्त्रको सुधार अहिलेको गठबन्धनमा आबद्ध दलहरूको साझा एजेन्डा हो।”

अध्यक्ष नेपालले अझै पनि नेपालमा कम्युनिष्ट लोकप्रिय रहेकाले विचार मिल्ने कम्युनिष्ट एक हुनुपर्नेमा जोड दिए। कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य घनश्याम भुसाल लगायतको सहभागिता थियो।डिसी नेपालले उल्लेख गरेको छ।

 

वन डढेलो नियन्त्रणको लागि डिभिजन वन कार्यालय अर्घाखाँचीको अनुरोध ।