किन घटदै छ ? बहु-प्राविधिक शिक्षालयमा विधार्थी आर्कषण !

1

-मुक्तिनाथ भुसाल

अर्घाखाची – आज भन्दा पाँच वर्ष अगाडीको इतिहासलाई सम्झने हो भने कमजोर विधार्थीहरुले प्राविधिक शिक्षालयहरुमा भर्ना हुन देवी देउताको पूजा र शक्ति केन्द्रहरुको आशिर्बाद लिनु पर्ने बाध्यता थियो । विडम्वना यतिवेला प्राविधिक शिक्षालयहरुमा अपवाद वाहेक विधार्थीहरुको आर्कषण घटदै गएको छ ।

1

बसाईसराई, विदेश जानेको लहर, गाउँ वस्तीमा जन्मीएकाहरुले अध्ययन गर्नका लागि ठुलै शहरमा जानु पर्छ भन्ने मान्यता र  सुझवुझ विना प्राविधिक शिक्षामा सरकारले लिएका महत्वाकाक्षी योजना आदीका कारण नेपाल सरकारका आंगिक शिक्षालयहरु खतरामा पर्दै गएका छन् । यसैको एउटा प्रतिनिधीमूलक उदाहरणका लागि अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नं. ४ मथुरामा रहेको एग्रोफरेष्टी बहुप्राविधिक शिक्षालयलाई यो लेखमा विषयवस्तु बनाईएको छ ।

ad

प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषदको आगिंक शिक्षालयको रुपमा स्थापित यो शिक्षालय २०७४ मा स्थापना गरिएको थियो । स्थापनाको पहिलो वर्ष ४० जना विधार्थीहरु बाली विज्ञानमा भर्ना गरि डिप्लोमा अध्यापन शुरु गरेको यो शिक्षालयले ०७५ मा पशु विज्ञान पनि शुरु गरेको थियो ।यहाँ सम्म आईपुग्दा आफनो क्षमता अनुसारका विधार्थीहरु यो शिक्षालयले प्राप्त गरेको देखिन्छ ।

No description available.

आर्थिक बर्ष २०७६/ 0७७ मा उल्लेखीत दुवै विषयहरुमा आफनो क्षमता अनुसारको विधार्थी भर्ना लिएको यो शिक्षालयले छत्रदेव गाउँपालिकाको लगानीमा बालि विज्ञान तर्फ थप ४० जना विधार्थी भर्ना लिएको थियो । यसै प्रकार आर्थिक वर्ष २०७६/0७७मा बाली र पशु विज्ञानमा आफनो आवस्यक्ता अनुसारका विधार्थीहरु भर्ना गरेको शिक्षालयले नेपाल सरकारको विशेष छात्रवृत्ति कार्यक्रम अन्त्र्रगत पशु विज्ञान तर्फ ४० जना विधार्थी थप भर्ना लिएको थियो ।

यसै प्रकार आर्थिक बर्ष २०७७/0७८ मा आफनो क्षमता अनुसारको विधार्थी भर्ना लिदै गर्दा आ व ०७८/0७९ मा बालि विज्ञानमा १७ र पशु विज्ञानमा ३६ जना मात्रै विधार्थी भर्ना हुनुले शिक्षालयको क्षमतामा २७ जना विधार्थीको अभाव रहेको देखिन्छ ।

यसै प्रकार आर्थिक बर्ष २०७९/८० मा बालि र पशु विज्ञानमा चालिस -चालिस सहित ८० जना विधार्थीहरु भर्ना गर्नु पर्ने  बाली विज्ञानमा २४ र पशु विज्ञानमा २८ जना गरि जम्मा ५२ जना विधार्थीहरु भर्ना भएका थिए । अघिल्लो र यो आ.व. लाई तुलना गर्दा ५५ जना विधार्थीहरुको  बेन्च शिक्षालयमा खालि रहेको तथ्यांकले देखाएको छ । उता  आर्थिक बर्ष २०७६/0७७ मा आफना पालिकाका ४० जना विधार्थीलाई बालि विज्ञानमा निशुल्क अध्ययन गराएको छत्रदेव गाउँपालिकाले दुई बर्षको अन्तर पछि यो आर्थिक बर्ष देखी अगामी ५  बर्ष सम्मका लागि प्रत्येक बर्ष चार जना बालि विज्ञानमा र चार जना पशु विज्ञानमा गरि जम्मा ८ जना विधार्थीहरु भर्ना गराएको छ ।

1

चालु आर्थिक बर्षमा जम्मा ८० जना विधार्थीहरु प्रतिस्प्रर्धावाट भर्ना गराउनु पर्नेमा यो समाचार तयार गर्दा सम्म जम्मा २२ जना विधार्थीहरुको आवेदन प्राप्त भएको प्रिन्सीपल डा. राजु भुसाल वाट बुझिएको छ । प्रिन्सीपल डा. भुसालका अनुसार यो प्राविधिक शिक्षालयमा भएका सेवा, सुविधा र महत्वका बारेमा आफुहरुले जिल्लाका प्रत्येक पालिकामा रहेका विधालयहरुमा पुगि जनचेतना तथा अभिमुखिकरण कार्यक्रम सन्चालन गर्दै आएको बुझिएको छ ।

ad

शिक्षालय स्थापना भए देखी हाल सम्म ७७ जना विधार्थीहरुले पशु तथा बाली विज्ञानमा आफनो अध्ययन पुरा गरि प्रमाण पत्र बुझेर विभिन्न स्थानमा रोजगार, स्वरोजगार तथा उच्च शिक्षा आदीमा लागेका छन् । यो शिक्षालय सँग एक सय छाठी रोपनी जमिन रहेको र आवस्यकीय आर्कषक संरचनाहरुको निर्माण समपन्न भईसकेको छ । नेपालका ३३ जिल्लावाट ९२  जना छात्रा र ९८ जना छात्र गरि जम्मा १९० जना  विधार्थीहरु यहाँ अध्ययनरत रहेका छन् । कुल २८ जना जनशक्ति रहेको यो शिक्षालयमा प्रयोगात्मक  फार्महरु प्रसस्तै रहनुका साथै फुल खेती, बेमौसमी तरकारी, ड्रागन फ्रुट, फलफुल, बोएलर तथालोकल कुखुर, बट्टाई, गाई भैसी, भेडा बाख्रा, घोडा, माछा, बंगुर र विभिन्न प्रजातीका घाँसहरुमा यहाँ अध्यनरत विधार्थीहरुले सिक र कमाउँ नितिलाई समेत अवसरका रुपमा लिने गरेको विधार्थी मिना चौधरीको भनाई रहेको छ ।

Sipradi Landing

विषयगत अध्ययन गर्न चाहने हरुका लागि भविष्य बोकेको यो शिक्षालयले स्थानियहरुसँग समन्वय गरि प्रत्येक बर्षमा पशुजन्य निशुल्क शिविर, बाली उपचार तथा माटो परिक्षण, ६५ दीने कृर्षि तथा पशु सम्वन्धी तालिमहरु र जिल्लावासीहरुका लागि निशुल्क रुपमा औषधी तथा उपचार आफनै क्लिनिकवाट सेवा दिदै आएको छ । जम्मा ६० जना छात्राहरु र २० जना छात्रका लागि आवसीय सुविधा रहेको यो शिक्षालयमा अध्यनरत विधार्थीहरुका लागि सुलभ दरमा क्यान्टीनको व्यवस्था रहेको छ ।

1

करोडौं रकम खर्चिएका नेपालका प्राविधिक शिक्षालयलाई कमजोर बनाईनुमा अनेकौं कारणहरु मध्ये प्रमुख कारण सरकारको सुझवुझ विनाको महत्वाकांक्षी योजना भन्दा सायद अन्यथा नमानिएला। नेपालका ७५३ स्थानिय तहमा विना अध्ययनको आधारमा प्राविधिक शिक्षा सिटिभिटि र नेपाल सरकार शिक्षा मन्त्रालयको नौ वाहको प्राविधिकधार  शिक्षा पुरयाईनुले साधन स्रोतले समपन्न प्राविधिक शिक्षालयहरुमा विधार्थीको आर्कषण घटदो छ ।कक्षा  १० उत्तिण गरेकाहरु यो शिक्षालयमा बाली र पशु विज्ञानतर्फ डिप्लोमा अध्ययनका लागि भर्ना हुन सक्दछन् ।

खाना र बसोबास बाहेक तिन वर्षका  लागि जम्मा ५० हजार शुल्क शिक्षालयलाई तिर्नुपर्ने हुन्छ । यहाँवाट ३ बर्षको डिप्लोमा पुरा गरेपछि मेडिकल र इन्जिनियर बाहेक बाली विज्ञान, पशु विज्ञान, वियसीएजी, विभियसी एण्डएयच, वियसी फरेष्टी लगायतका विषयहरुमा अध्ययनगर्न  पाउछन भने यो तिनवर्षे कोर्ष अध्ययन गरे मात्रै आफैमा स्वरोजगार रहन सक्ने सम्भावना देखिन्छ ।

नेपालमा यसप्रकारका आंगिक शिक्षालयहरु जम्मा ६५ वटा रहेका छन् ।जसमध्ये अर्घाखाँची जिल्लामा पाणिनी बहुप्राविधिक शिक्षालय र एग्रो फरेष्टी बहुप्राविधिक शिक्षालय गरि दुईवटा रहेका छन् ।

ad

 

अन्य समाचारहरु