मालारानी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ५४६ जनाले १०० दिन रोजगारी पाए

मालारानी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ५४६ जनाले १०० दिन रोजगारी पाए


महेश भुसाल  

खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकालाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आ.ब. ०७७-७८ मा सशर्त अनुदान मार्फत  प्राप्त २ करोड ८२ लाख ३४ हजार रकमबाट रोजगार सेवा केन्द्रमा सुचिकृत २५१२ जना बेरोजगार व्यक्तिहरु मध्ये ५४६ जनालाई दैनिक रु ५१७ ज्याला दिई १०० दिनको रोजगार प्रदान गरिएको मालारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश पन्थीले जानकारी दिनुभयो ।


मालारानी गाउँपालिकाका ९ ओटै वडामा नयाँ मोटरबाटो निर्माण आयोजना, गोरेटो बाटो निर्माण तथा मर्मत आयोजना, पर्यटकीय स्थल पदमार्ग तथा सिढी निर्माण आयोजना, मन्दिर निर्माण आयोजना, खानेपानी पाइपलाइन निर्माण आयोजना लगायतका ४४ ओटा आयोजनामा ५४६ जना श्रमिकले १०० दिन काम गरेको र काम सम्पन्न पश्चात सम्पुर्ण श्रमिकको बैक खाता खोली रकम समेत भुक्तानी गरिएको मालारानी गाउँपालिकाका रोजगार संयोजक महेश भुसालले बताउनुभयो ।

अन्य समाचारहरु