काठमाडौं उपत्यकामा आजबाट निषेधाज्ञा केही खुकुलो

काठमाडौं उपत्यकामा आजबाट निषेधाज्ञा केही खुकुलो


काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट निषेधाज्ञा केही खुकुलो भएको छ ।

उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले खाद्यान्न पसल आजबाट बिहानको समयमा खुल्ने छन् ।

बिहान ९ बजेसम्म किराना पसल खुला गर्न पाइने नियम बनाइएको हो ।

यस्तै काठमाडौंमा बैंक तथा वित्तीय संस्थाले प्रधान कार्यालय र ३ वटा शाखा, वाणिज्य बैंक र विकास बैंकले प्रधान कार्यालय र २ वटा शाखा सेवा दिन पाउने छन् ।

वित्त कम्पनीले प्रधान कार्यालय र एउटा शाखा खोलेर सेवा दिन पाउने छन् ।

अत्यावश्य बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान र बिमा लगायतका कार्यालय भने खुला हुने छैनन् ।

बिहान ९ बजेसम्म मोटरसाइकल वर्कसप भने खोल्न दिइने भएको छ । डिर्पाटमेन्ट स्टोर पनि आजबाट विहानको समयमा खुल्ने छन् ।

तर, दुई मिटरको दूरी कायम अनिवार्य गर्नुपर्ने छ । आजबाट लागु भएको निषेधाज्ञा जेठ ३१ सम्म जारी रहनेछ । इमेज च्यानलमा समाचार छ । 

अन्य समाचारहरु