ढाकावाङको लामीडाँडामा कोरोनाका कारण निधन भएका भुसालको परिवारलाई आर्थिक सहयोग

ढाकावाङको लामीडाँडामा कोरोनाका कारण निधन भएका भुसालको परिवारलाई आर्थिक सहयोग


टेकराज भुसाल

ढाकावाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ ढाकावाङको लामीडाँडामा काेराेना भाइरसका कारण भारतमा मृत्यु भएका स्व. बुद्धिराम भुसालको परिवारलाई ढाकावाङ्ग समाज काेरियाले आर्थिक सहयोग गरेकाे छ।


जेठ २७ गते स्वर्गीय भुसालको घरमै गएर ढाकावाङ्ग समाज काेरियाका प्रतिनिधिहरु राजेन्द्र बेल्वासे, विशाल बेल्वासे, प्रकाश खनाल र राजु बन्जाडेले स्वर्गीय भुसालकि श्रीमती र छाेरीलाई नगद रु एक लाख छत्तीस हजार पाँच सय (१३६५००) सहयाेग गरेका हुन्।


रोजगारीको सिलसिलामा भारतमा मजदुरी गर्ने गएका भुसालको ४९ वर्षको उमेर जेठ ७ गते उपचारको क्रममा निधन भएको थियाे।

अन्य समाचारहरु