शितगंगा नगरपालिकालाई कांग्रेस नेता बालकृष्ण पाण्डेद्धारा ५ लाखको स्वास्थ सामाग्री हस्तान्तरण

शितगंगा नगरपालिकालाई कांग्रेस नेता बालकृष्ण पाण्डेद्धारा ५ लाखको स्वास्थ सामाग्री हस्तान्तरण


अर्घाखाँचीडट्कम संवाददाता 

ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकालाई नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समितिका अध्यक्ष बालकृष्ण पाण्डेले कोभिड– १९ रोकथाम, नियन्त्रण र उपचारका लागि स्वास्थ मन्त्रालय मार्फत स्वास्थ सामग्री उपलब्ध गराएका छन् ।


नगरपालिकाको सबै वार्डमा बितरण गर्ने गरि करिब ५ लाख बराबरको स्वास्थ सामाग्री पालिका प्रमुख सुर्य प्रसाद अधिकारीलाई हस्तान्तरण गरेका हुन् । 

पाण्डे लामो समय प्रबासमा रहे पनि भुकम्प, बाडिपीडित कोभिड जस्ता अपदामा नेपालमा सदा सहयोग गर्दै आएका देखिन्छन् । 

साथै पाण्डे अब जिल्लाबासीको सेवामा केन्दित भएर काम गर्ने बताएका छन् । 


अन्य समाचारहरु